आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णय

आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने चिकित्सक संघको निर्णय
स्वास्थ्य

 नेपाल चिकित्सक संघले साउन ३ गतेबाट देशभरका सबै अस्पतालको अाकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। डा गाेविन्द केसीको मागप्रति एेक्यबद्धत जनाउँदै संघले सरकारलार्इ माग पुरा गर्न ४८ घण्टाको समय दिएको हो।

तोकिएको समयसिमा भित्र पनि माग पुरा नभए संघले बिहिबारबाट देशभरका सम्पूूर्ण सरकारी तथा निजी शिक्षण अस्पताल, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा अनिश्चित कालका लागि बन्द गरिने निर्णय भएको महासचिव लोचन कार्कीले जानकारी दिए।

संघले आज भएको निर्णयको विषयमा विज्ञप्ति पनि जारी गरेको छ।

Post Comment