गैर आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले सफलता र लक्ष्यमा पुग्नका लागि आफू कहिल्लै नथाक्ने बताएका छन् । जापानको टोक्यो शहरबाट दक्षिणमा पर्ने फुकुओका सहरमा हाल अध्ययनरत गरिरहेका नेपाली विद्यार्थीहरुलाई प्रेरणा दिने सन्दर्भमा उनले यस्तो बताएका हुन् ।
हाम्रो नेपाल हामी नेपाली अभियानले आयोजना गरेको दोस्रो अभिमुखिकरण कार्यक्रममा बोल्दै उनले उज्वल भविष्यका लागि जति नै कष्ठ र ठक्कर खाएपनि हार मान्न नहुने बताए । उनले भने– ‘हामी सबैमा केही न केही जिम्मेवारी छन्, त्यसैले ति जिम्मेवारीलाई निभाउन सघंर्ष र योजना दुवैलाई आत्मसाथ गरेर अगाडि बढौँ, म थाके संसारभरका नेपाली थाक्छन्, म थाक्दिन र तपाई पनि नथाक्नुहोस् ।’
सोफिया युनिवर्सिटी ग्लोबल फेकल्टीकी पा्रेफेसर मासाको तानाकाले नेपाली भाषामै नेपालीहरुको लागि जापान अवसरको खानी रहको बताइन् ।