बैशाखमा बिद्यालय सुरु हुन्थ्यो भाद्रको महिना बिषय शिक्षा अनुसार विद्यार्थीलाई शिक्षकले देशको सरकार बारे पढाउथे । हाम्रो देशको प्रधानमन्त्री फलानो मन्त्री फलानो जब फागुनमा परिक्षा हुन्थ्यो उत्तर लेख्ने बेला पढेको सहि उत्तर बदलिसकेको हुन्थो । देशमा सरकार फेरिसकेको हुन्थ्यो मन्त्री प्रधानमन्त्री अरुनै आइसकेको हुन्थे । थाहा पाएको दिनबाट निरन्तर शासन गरेको सरकार कस्तो हुन्छ हामीले थाहा पाएका छैनौ झगडाले भरिएको इर्सा र स्वार्थमा भुलेको , जनहितलाई ब्यापार गरेको देशको स्वाभिमानलाई गिरावटमा राखेर लाभ दिएको समग्रमा सरकार को नाममा ब्यापार चल्थ्यो मिल्दासम्म रहन्थ्यो नमिलेको दिन ढल्थ्यो । जनताले प्राप्त गर्ने सेवा सुबिधा परिचयका आधारमा उपलब्ध हुन्छन । कहिले काहीँ देश परदेश जस्तो लाग्छ । कहिले काहीँ देश दुकान जस्तो लाग्छ । सबै कुरा किन्न परिरहेको छ । कठिन सङघर्ष गरेको राजा फालेर आएको जन कति-कति बेला धिक्कार गर्दछ । आफ्नै कठिन लडाई लडेर टोल टोलमा छोटे राजाहरु जन्माइरहेको त छैनौ ?
जनताले माथी सोधेको अनेकन प्रश्नको लागि उत्तर बनेर देशमा बामपंथी गठबन्धन आयो । जनतासग निरन्तर सरकारको बाचा गर्यो । समृद्ध देशको परिकल्पना जनताले आत्मसात गरे मत दिए । जसले देशको ठेकदार मान्ने कांग्रेसलाई भुइमा लढाइदिए । धुलो चटाइदिए । जनताले मतबाट प्रहार भएर लागेको भालाको चोटले कांग्रेस मुर्छित छ । त्यसैले सत्याग्रहिको काधमा टेकेर मुद्दा उच्च बनाउन खोजिरहेको छ । अनेकन प्रोपोगन्डाका निम्ति बुद्धिजीवीलाई खटाएको छ हल्ला मच्चाउन सुरुवात गरेको छ बोलिरहेको छ यो वली सरकार,यो वलीको देश , यो वलीको सडक यो वलीले ल्याएर आएको बाढी । गलत मनसायले संचालित राजनीति अनि त्यसले जनतालाई आजित बनाएको बिषयको कारण जनता नेताका प्रत्येक नकारात्मक कुराको टाइटल मात्रै हेर्छन । अनि धारणा बनाउछन अनि प्रोपोगन्डाको प्रहारमा सहभागी हुन पुग्दछन । के मित्रहरु चन्द्र सुर्य अङकित झन्डा हाम्रो हुने,संसारको सिर सगरमाथा हाम्रो हुने,शान्ति को जन्म गौतम बुद्ध हाम्रो हुने,हिमाल हाम्रो हुने,पहाड हाम्रो हुने,तराइ हाम्रो हुने,खोला नाला प्रकृति हाम्रो हुने,अनि यो सबै रहेको देश अनि देश चलाउने सरकार चाहिँ वलीको हुने ? बुझ्ने जनता को लागी प्रश्न सरकार वलीको मात्रै हो हाम्रो होइन ?
के मित्रहरु चन्द्र सुर्य अङकित झन्डा हाम्रो हुने संसारको सिर सगरमाथा हाम्रो हुने शान्ति को जन्म गौतम बुद्ध हाम्रो हुने हिमाल हाम्रो हुने पहाड हाम्रो हुने तराइ हाम्रो हुने खोला नाला प्रकृति हाम्रो हुने अनि यो सबै रहेको देश अनि देश चलाउने सरकार चाहिँ वलीको हुने ? बुझ्ने जनता को लागी प्रश्न सरकार वली को मात्रै हो हाम्रो होइन ?
लाभ प्राप्त गर्न नेपाल आमाको छातिमा राजनीतिको काडा वालाबुट लगाएर दलालहरुले रझाइ गरे । शक्ति अनि राज्यको दुरुपयोग गरेर उफ्रि उफ्रि देशको सबै ठाउमा ठुला खाल्डो बनाउदै लुटिरहे जनताको अधिकारलाई आम्दानीको स्रोत बनाएर जनतालाइ नै बेचिरहे । त्यसैले तिनै माफिया दलालले दिएको घाउ पुरानो भएर देश दिर्घ रोगी जस्तै बनेको छ । यो रोग आजको भोलि निको हुने वाला छैन । रोगका कारण लाई समाप्त गरेर मात्रै देश निको हुन सक्छ । यो सबै कुराको जिम्मेवारी अब ५ बर्ष केपी वलीको काधमा छ ।
देश परिबर्तन गरेर लाभ लिन चाहाना राख्नेले आफ्नै देश अनि प्रधानमन्त्रीका विरुद्ध बुनिएका सुनियोजित योजनामा फसेर नाना थरी गाली गर्ने कि आवस्यकतामा खबरदारी गर्दै सरकारलाई साथ दिने । कांग्रेसको रुखलाइ जनताले ठुटो बनाइदिएको छन । त्यसैले ठुटोमा टुसा हाल्न उनिहरु जे गुमाउन पनि तयार छन । बस यत्ति पार्नु पर्यो सरकार गलत छ । जुन मुद्दामा कांग्रेस बोलिरहेको छ ती मुद्दा कांग्रेस सगै जन्मिएका हुन तर उस्ले त्यतिबेला ती बिषय उस्लाइ वाइयात लाग्यो । आज काग्रेस बचाउने प्राण त्यही देखिरहेको छ । मुलुकमा ब्यक्तिराज सरकार दुरुपयोग गरेर ब्यक्तीले चलाउने राज्यलाइ होलसेल दुकान जस्तो बनाएर शक्तिको आडमा जन आवस्यकताको व्यापार गर्ने कांग्रेसहरु हुन । अब यिनिहरु सककमा आउनु भनेको हामी छौ है भनेर देखाउन मात्रै हो । भ्रष्ट तस्कर दलालहरुको भिडबाट बिद्रोह बिरोध हुन सक्दैन । फन्डाको पछि लाग्ने अथवा सहि खबरदारी सहित साथ दिने त्यो स्वतन्त्र जनताले बिचार गर्नुपर्ने हो । कसैलाई दया माया गरेर जोगादिने बिषयपनि होइन । विपक्षीलाई गलत साबित गर्न अनि जनताको साथ लिन सरकारले अझै जनभावनाको सवालमा ध्यान दिएर जनतासङग जोडिन आवस्यक छ । आम जनताको नाताले सबै कुरालाई सहि भन्न सकिदैन जब गलत लाग्छ तब खबरदारी आवस्यक छ ।
जनताले प्राप्त गर्ने आधारभुत आवस्यकताको दोकान थापेर ब्यापार गर्ने प्रति प्रधानमन्त्री कठोर हुन जरुरी छ । जह ब्यक्ती बिरोधाभाष लाग्छ त्यहा सरकारलाई उभ्याउनु पर्यो । मुलत स्वास्थ शिक्षा लगायत अतिआवस्यक बिषय सरकारको नियन्त्रणमा होस । जनतालाई सहज होस । सरकारका केहि मन्त्रीको शैली प्रती प्रधानमन्त्री कठोर हुन जरुरि छ । कि सच्याउन पर्छ नत्र बिदा गर्नुपर्छ । पदको दुरुपयोग गरेर रमाउन चाहाना राख्नेलाई हटाउनु पर्छ । सरकारलाई ब्यक्तिले दुरुपयोग गरेको कुरा जनता स्वीकार गर्नसक्दैनन् । त्यसैले सचेत भएर अगाडी बढनु आवस्यक छ ।
रेलको सर्बे हुँदै गर्दा गाउँ बजारका सडकका खाल्डाखुल्डी पनि पुरिनुपर्दछ । सुसासनको बहस चल्दै गर्दा भ्रष्टाचार अनियमितता गर्ने प्रति कारबाही हुनु पर्दछ । जनताको पहुँचमा सरकार पुग्नु पर्दछ ।
सरकारका निकाय सामान्य काम देखी देशको गौरव बोक्ने योजना सम्मलाई ध्यान दिन आवस्यक छ । रेलको सर्बे हुँदै गर्दा गाउँ बजारका सडकका खाल्डाखुल्डी पनि पुरिनुपर्दछ । सुसासनको बहस चल्दै गर्दा भ्रष्टाचार अनियमितता गर्ने प्रति कारबाही हुनु पर्दछ । जनताको पहुँचमा सरकार पुग्नु पर्दछ ।
नेता मित्र जस्तो लाग्ने होस सरकार अभिभावक महसुस हुने कार्यक्रम आवस जनतालाई अफ्ट्यारोमा साहारा बनेर गरिबको झुपडीमा ,बिरामीको बिस्तारामा विद्यार्थी युवाको चाहानामा सरकार पुगोस । जनताले चाहाना सरकार सङ यही हो भावना बुझे जनताले देश आफ्नो मान्ने छन ।सरकार आफ्नो ठान्ने छन। प्रोपोगन्डाका योजना गर्नेको जरैदेखि उखेलेर फ्याक्ने छन ।
सरकारले मुख्य ध्यान जनमुद्दा आफू मार्फत समाधान गर्ने गरि काम गर्न आवस्यक छ । भ्रस्टाचार अनियमितता गरेका हरुलाइ कारबाही गर्ने अभियानको सुरुवात गर्ने हो भने धेरै ब्यक्ति आन्दोलनको मैदानबाट समातिनेछन । मुख्य सवाल जनभावनाको कदर हो । आफ्नो समस्या राज्यको निकायबाट सम्बोधन नभएर टिभी कार्यक्रममा भन्नुपर्ने बाध्यताबाट जनतालाई मुक्त बनाउन सरकार अनि प्रधानमन्त्रीले मुख्य ध्यान दिन आवस्यक छ । त्यसको लागि आवस्यक टिम तयार गरेर काम गर्ने युवा सोचलाई प्रयोग गर्दा धेरै हद सम्म राम्रो हुनेछ । जनभावनालाई ध्यान दिएर गए यो सरकार जनताको प्रमाणित हुनेछ बिरोधिहरु बिलाएर जानेछन जन समर्थन अपार बन्ने छ ।
देश हाम्रो हो सरकार पनि हाम्रो हो सकारात्मक सुझाब र साथ बाट ५ बर्ष को म्यान्डेट पाएको कम्युनिस्ट नेतृत्वको सरकार लाई साथ दिउ ।