श्रावण, पोखरा । हरेक श्रावण महिनाको सोमबार हिन्दू धर्माबलम्बीहरुको लाई बिशेष हुने गर्दछ । त्यो पनि आज त साउनको पहिले सोमबार हिन्दू धर्म प्रती आस्था राख्नेहरुका लागि त झन विशेष दिन हुने नै भयो ।
यस दिन मन्दिर जाने, पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने गरिन्छ । साउनको महिनामा महिलाहरु हातमा मेहेन्दी लगाउने र सोमबार ब्रत बस्ने र पूजा आरधाना गर्ने गर्दछन ।
हरेक श्रावण महिनाको सोमबारको दिन शिवभक्त तथा तिर्थालु यबम ब्रतालुहरु सिमपानी स्थिती गाईघाट देखी जल ल्याएर लेकसाइडमा रहेको केदारेश्वोर मन्दिरमा रहेका शिवलिङमाथी जल सेचन गर्ने गरिन्छ ।
सोमबारको दिन गाईको दुध र जल शिवलिङ लाई चढाउदा पुन्य प्राप्ती हुन्छ भन्ने धर्माबलम्बीहरुमा विश्वाश रहेको छ । के युवा के युवती के बुढा के तन्नेरी सबै उमेर समुहका भक्तालुहरु घाइघाटमा जम्मा भइ आराध्यदेव महादेवको पूजा आरधाना गरेका थिय ।
बिभिन्न झाकी, शिव पार्वतीको कपडा लगाएर हिंड्ने, भजन क्रितन गर्दै कलशमा पनि बोकेर घाइघाट देखी केदारेश्वोर मन्दिर सम्म पैदाल शोभायात्रा गरेका थिय । हरेक साल यसरी शोभायात्रा गर्ने गरिन्छ जसलाई बोलबम भनेर भनिन्छ ।
घाइघाट पेरिसरमा बनाइएको १०८ धाराको जल, सेती नदीको जल जुन हिमाल देखी आएको हुन्छ र दु:ख शिवलिङ माथि चढाउने परम्परा रहीआएको छ ।
नदीको बहाब बढेको हुनाले ससस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिएका थिय भने नेपाल स्काउट र सामुदायिक सेवा केन्द्र, बगरले स्वयम सेबकको भूमिका निर्बाह गरेको देखिन्थ्यो ।
बोलबममा भारत देखी भक्तजनहरु आएका थिय । यस दिन मन्दिर जाने, पूजाआजा गर्ने, सात्विक भोजन गर्ने, उपवास बस्ने गरिन्छ ।