गुल्मीको चन्द्रकोट गाउँपालिकास्थित एक पुरुषले ७० वर्षिया बृद्धालाई यौन सम्पर्कको प्रस्ताव राख्दा स्वीकार नगरेपछि हत्या गरेको छ ।
स्थानियका अनुुसार साउन ४ गते पुरुषले मदिराको मातमा बृद्धासंग यौन सम्पर्कको प्रस्ताव राखेका थिए । शारीरिक सम्पर्क राख्न नमानेपछि पुरुषले बृद्धालाई मुक्का प्रहार गरी हत्या गरेको खुलेको छ । चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ , शान्तिपुर, डाँडा बनकी ७० वर्षिया बृद्धालाई सोही स्थानको ४२ वर्षिय गोकुल सार्कीले त्यसरी हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेधीले जानकारी दिए ।
प्रहरीले दिएको प्रेस विवरण अनुसार निजले उक्त दिन साँझ ७ वजेको समयमा ति बृद्ध संग यौन सम्पर्कको प्रस्ताव राखेका थिए । ति बृद्धाले अस्वीकार गरे पछि निजले कन्चट र छातीमा मुक्का प्रहार गरी हत्या गरेका थिए ।बृद्धाको मृत्यु भएको खवर पाउन साथ चन्द्रकोट ईलाका प्रहरी कार्यालका सई अमरबहादुर मिदुन र जिल्ला प्रहरी कार्यालयबाट सई शिवबहादुर खत्रीको नेतृत्वमा पुगेको प्रहरी टोलीले घटना स्थलमा पुगेर आज सोमबार शव पोष्टमार्टमका लागि सदरमुकाम ल्याएको छ ।
अभियुक्तलाई पनि पक्राउ गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरी प्रमुख द्धिवेद्धीले बताए । आज मुद्धा दायर गर्न आएको मृतकका आफन्तका अनुसार मृतकका श्रीमान ९ वर्ष पहिले नै मृत्यु भएको थियो । अभियुक्त धेरै जसो समय तिनै बृद्धाको घरमा काम गर्ने , खाने–बस्ने गर्दै आइरहेका थिए ।