श्रावण, पोखरा । खिम काजी/सारगी न्युज । आज तल्सी रोप्ने एकादसी तथा साउन महिनाको पहिलो सोमबारका दिनको पावन अवसर पारेर केदारेश्वोर मन्दिर परीसरमा लाइन्स क्लब अफ पोखरा लेकसाइडले वृक्षारोपण कार्यक्रम सम्पन गरेको छ ।
प्रमुख अतिथि रिजन चेयर पर्सन लायन जयराम तिमील्सिनाले रुध्राक्षको बिरुवा रोपी वृक्षारोपण कार्यक्रमको उदघाटन गरेका थिय । उदघाटन गर्ने क्रममा प्रमुख अतिथी लाइन तिमील्सिनाले लेकसाइड जस्तो पर्यटकिय ठाउँमा वृक्षारोपण गरेर क्लबले उल्लेखनिय कार्य गरेकोमा बधाई तथा शुभकामना ब्यक्त गरे ।
साथै वृक्षारोपणले बातावरण सुन्दर, पर्याबरणीय अनुकुल तथा भूमण्डलीय उष्मीकरण अथार्त ग्लोबल वार्मिङ न्युनीकरण गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । बिशेष अतिथी जोन चेयर पर्सन लायन बिन्दा श्रेष्ठले बिरुवा रोप्दै वातावरण हरियो, स्वच्छ र सुन्दरमय बनाउनका लागि वृक्षा रोप्नै पर्ने बताइन ।
त्यसैगरी क्लबका अध्यक्ष बलराम पहारीले पर्यटकिय नगरी पोखरालाई अझ सुन्दर बनाउनको लागि प्लास्टिक वा प्लास्टिकजन्य वस्तुहरुको प्रयोग नगरौँ, वातारण संरक्षणको लागि आफ्नो घर वरपर वृक्षारोपण गरौ भन्ने सन्देश दिदै वृक्षारोपण कार्यक्रमको उद्देश्य बारे प्रस्ट पारे ।
वृक्षारोपणले आफु मात्रै नभै भावी सन्ततीको समेत रक्षा गर्ने हुँदा हरेक ब्यक्ती तथा संघ-सस्थाले समय समयमा वृक्षारोपण कार्यक्रमको आयोजना गर्नु पर्ने बताउए । उक्त कार्यक्रममा क्लबका ३५ जना सदस्य सहित स्थानिय समाजसेवीहरु मिलेर १०० भन्दा बढी बिभिन्न जातका बिरुवाको रोपिएको थियो ।
केदारेश्वोर मन्दिर परीसरमा रुध्राक्ष, धुपी, कपुर, पारीजात लगाएतका बिरुवा हरु रोपिएको थियो । पहिले रोपिएका बिरुवाहरुको गोडमेल गर्ने तथा झाडी फडानी समेत गरिएको थियो । पहिले बिरुवा रोपिएको ठाउँमा मोटर गाडी पार्किङ गर्ने गरिएको हुँदा उक्त स्थललाई तारबार लगाइ पार्किङ गर्न नमिल्ने समेत बनाइएको छ ।