हेपाटाइसीस रोग जनचेतना दिवस मनाइयो पोखरामा (फोटो फिचर)

हेपाटाइसीस रोग जनचेतना दिवस मनाइयो पोखरामा (फोटो फिचर)
जनसरोकार

१२ श्रावण, पोखरा । कलेजो रोग सम्बन्धि बारे जानकारी गराउने दिन हेपाटाइसीस रोग सचेतना दिवस आज पोखरामा मनाइयो ।

पोखरा नागढुंगा स्थित पेट तथा कलेजो रोग उपचार केन्द्रमा हेपाटाइसीस सम्बन्धि जानकारी दिदै बरिस्ट पेट तथा कलेजो रोग विशषज्ञ डा सुबास भट्टराईले हेपाटाइसीस रोग बारे जानकारी दिनु भयो । यो रोग कसरी लाग्छ, रोगको लक्षण के के हुन र रोगको उपचार बिधि के हो भन्ने बारे बिस्तृत जानकारी दिनु भयो ।

आजभोलि धेरै मानिसलाई कलेजोमा समस्या देखिने गरेको छ । यसको मुख्य कारण हाम्रो नेपाल जस्तो समाजमा चाहिँ रक्सी नै हो । लामो समयसम्म १० वर्ष वा बढी रक्सी प्रयोग गर्नेहरुलाई कलेजो रोग लाग्ने सम्भावना अधिक हुन्छ । अहिले सहरी क्षेत्रमा हेपाटाइटिस बि र हेपाटाइटिस सि का बिरामी पनि देखा पर्न थालेका छन् ।

कलेजो रोगका विभिन्न प्रकार र अवस्था छन् । सिरोसिस भनेको ‘कलेजो फेल’ भएको अवस्था हो । कलेजो रोगमा क्यान्सरपछि यो दोस्रो गम्भीर समस्या हो । कलेजो ७०–८० प्रतिशतसम्म बिग्रँदा पनि कतिपय अवस्थामा कलेजो रोगको लक्षण वा समस्या नदेखिन सक्छ ।

नियमित मध्यपान र कलेजो बिग्रँदै गरेको व्यक्तिको केही महिनाअघि गरिने जाँच पनि सामान्य देखिन सक्छ । भन्ने जस्ता यो रोग बाट उपाय र रोग लागी सके पछी गरिने उपचार बारे जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा बरिस्ट रेडियोरोलिस्ट डा मेरिना ज्ञवाली भट्टराइ र बरिस्ट टेक्नोलोगिस्ट ठाकुर प्रसाद पन्तले हेपाटाइसीस रोग बारे बच्ने उपायहरु बारे बताउनु भएको थियो ।

Post Comment