बाख्रालाई बलात्कार गर्ने ८ विरुद्ध प्रहरीमा उजुरी

बाख्रालाई बलात्कार गर्ने ८ विरुद्ध प्रहरीमा उजुरी
अन्तर्राष्ट्रिय समाचार

भारतको हिरयाणा राज्यस्थित मेवाट जिल्लाको मरोडामा प्रहरीले ८ जना विरुद्ध बाख्रालाई बलात्कार गरेको आरोपमा उजुरी दर्ता गरेको छ । गर्भवति रहेको सात वर्षको उक्त बाख्राको दर्व्यवहारका कारण मृत्यु भएको छ । प्रहरीमा उजुरी दिएको पत्र देखाउँदै बाख्रा धनी ।

प्रहरीले आरोपीहरुसबै उक्त गाउँका बासिन्दा रहेको र उनीहरु पुराना बदमासहरु रहेको बताएको छ । बाख्रालाई बलात्कार गर्दै गरेको अवस्थमा गाउँलेले तीनजनालाई समातेर कुटपिट गरी छोडिदिएका थिए ।

प्रहरीले गैर प्राकृतिक यौनसम्बन्ध राखेको र जनावर माथि हिंसा गरेको आधारमा बाख्रा धनीले दिएको उजुरी दर्ता गरेको हो । प्रहरीले घटनाको अनुशन्धान भइरहेको र घटनाबारे यथेष्ठ प्रमाण जुटेपछि मात्रै आरोपीहरुलाई पक्राउ गर्ने बताएको छ ।

Post Comment