क्यानडामा दक्षिण एसियाली नागरिकलाई फर्केर जा भन्दै बिभेद (भिडियो)

क्यानडामा दक्षिण एसियाली नागरिकलाई फर्केर जा भन्दै बिभेद  (भिडियो)
अन्तर्राष्ट्रिय समाचार

क्यानडामा एक गोरा जातिका व्यक्तिले एक भारतीय दम्पतीमाथि नश्लभेदी टिप्पणी गर्दै आफ्नो देश फर्किन भनेका छन् । उनले दम्पतीलाई मार्ने धम्की समेत दिएका छन् ।

मिडिया रिपोर्टहरूका अनुसार, प्रहरीले यसलाई जातिविभेद आक्रमण मानेर अनुसन्धान गरिरहेको छ ।

सीबीसीको रिपोर्टअनुसार, यो घटना आइतवार भएको थियो । त्यतिखेर भारतीय दम्पती र ४७ वर्षीय डेल रोबर्टसन नामक व्यक्तिले अन्टोरियोको ह्यामिल्टनस्थित वालमार्ट सुपरसेन्टरको पार्किङमा झगडा भएको थियो ।

उक्त घटनाको भिडियोमा भारतीय दम्पतीले उक्त व्यक्तिलाई सोधिरहेको देखिन्छ, ‘तपाईं आफ्ना सन्तानका लागि कस्तो उदाहरण प्रस्तुत गर्दै हुनुहुन्छ ?’

भिडियो पत्नीले रेकर्ड गरेकी हुन् । झगडा बढेपछि रोबर्टसनले भने, ‘म नश्लवादी व्यक्ति हुँ । म तिमीहरूलाई मन पराउँदिनँ ।’

त्यसपछि उनले भने, ‘म तिमीहरूका सन्तानलाई मारिदिन्छु ।’

दम्पतीको पहिचान खुलेको छैन ।

ह्यामिल्टन प्रहरीले यसलाई जातीय आक्रमण मानेर अनुसन्धान गरिरहेको छ ।

[youtube https://www.youtube.com/watch?v=ut3b_mBxDyE]

Post Comment