अमेरिकामा बरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठको आत्मकथामा तयार पारिएको ‘महको म’ विषयक अन्तरक्रिया आयोजना गरिएको छ । मेरिल्याण्ड राज्यको जर्मन टाउनमा ४ अगस्टमा शनिबार आयोजित कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठसँग पत्रकार प्रेम बाँनिया समेत उपस्थित रहेका थिए ।
कार्यक्रममा पत्रकार बाँनियाले मदन कृष्ण श्रेष्ठलाई बिशाल महासागर जस्तो जीवन बाच्ने व्यक्तित्वको रुपमा आफुले लिएको बताए ।
अरबै मान्छेमा तिमि एक, मन मिल्ने मान्छे बोलको गीतबाट सुरु भएके कार्यक्रम नेपालमा पनि धेरै ठाउँमा अन्तरक्रिया कार्यक्रम गरेको जानकारी दिदै कलाकार श्रेष्ठले अहिलेको अमेरिका यात्रा आफ्नो दशौ पटकको भएके जानकारी दिए ।
बाँनियाको बिषयमा तयार पारिएको बृत्यचित्र समेत देखाइएको कार्यक्रममा कलाकार श्रेष्ठले आत्मकथा लेख्न सजिलो हुन्छ होला भन्ठानेको तर मलाई ६ वर्ष लागेको बताए । आत्मकथा लेख्न सुरु गरेको बेलामा पत्नीलाई अबुर्द (क्यान्सर )भएर उपचारतिर लाग्नु परेकाले ‘महको म’ लेखनमा ढिलाई भएको उनले सुनाएका थिए ।
महको म’ लेख्दा पार्किन्सन्स रोगले गर्दा निकै कष्टप्रद बनेका बताएका श्रेष्ठले पुस्तकमा बाल्यकाल, प्रारम्भिक संघर्ष, प्रेम र विवाहदेखि कलाकारितामा सफल हुँदा सम्मका उकाली ओराली, अबुर्द (क्यान्सर) रोग को संघर्ष आदि ईत्यादी समेटिएको जानकारी दिए ।
कलाकार मदन कृष्ण श्रेष्ठले ५ वटा जति गीत गाएका थिए भने पत्नीलाई सम्झना गर्दै आफु अब हासेर जीवन बिताउने बताएका थिए । केही क्षण गम्भीर हुँदा दर्शक पनि गम्भीर तथा भावुक बनेका थिए ।
कार्यक्रम २७ बर्ष अगाडी डिसी महानगर क्षेत्रमा स्थापना भएको अमेरिका मै अत्यन्तै क्रियाशील नेवा समुदायको गैर मुनाफा सामजिक संस्था आयोजना नेपाः पास पुचः अमेरिकाय (एनपीपीए )ले गरेको हो ।
नेपाल सरकारका अवैधानिक महाबाणिज्य दुत प्रेमराजा महतले पनि मदन कृष्ण श्रेष्ठको बारेमा केही कुराहरु राखेका थिए ।