‘स्थानीय तहको कमजोरीलाई लिएर सरकार नै असफल भयो भन्नु गलत हो’ : सांसद खगराज अधिकारी

‘स्थानीय तहको कमजोरीलाई लिएर सरकार नै असफल भयो भन्नु गलत हो’ : सांसद खगराज अधिकारी
राजनीति

प्रतिनिधि सभाको आजको बैठकमा  नेकपाका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीलाई संघीयता विरोधी देखाउन खोजेर प्रतिपक्षले अराजकता निम्ताउन खोजेको आरोप लगाए ।

कांग्रेस सासंद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी बन्न थालेको आरोप लगाएपछि अधिकारीले त्यसको प्रतिवाद गर्दै सो कुरा बताएका हुन् ।

‘प्रधानमन्त्री ओलीलाई संघीयता विरोधी भन्न खोज्नु आपत्तीजनक छ, संविधान जारी हुँदा क कसले जारी गर्नुहुँदैन भनेका थिए त्यो हामीलाई राम्रोसँग थाहा छ, अहिले जथाभावी बोलेर केही हुँदैन,’ अधिकारीले भने ।

७२ सालमा संविधान जारी गर्दा अहिले नै संविधान जारी गर्नुहँदैन भन्ने पक्षमा गगन थापा पनि रहेको अधिकारीको ईशारा थियो ।

उनले करको प्रसंग ल्याएर सरकारका विरुद्ध जनतामा भ्रम छर्न खोजीएको आरोप लगाए ।

‘केही स्थानीय तहको कमजोरीलाई लिएर सरकार नै असफल भयो भन्नु गलत हो, सरकार यि सबै विषयमा पूर्ण रुपमा जानकार छ कसैले भ्रम फैलाएर केही हुँदैन,’ अधिकारीले भने ।

उनले माइतीघरमा पेटिकोट लगाएर प्रदर्शन गर्न खोजेको विषय पनि कोट्याए । ‘माइतीघर क्षेत्र कसैले नांगै आएर उभिने ठाउँ होइन, अराजकताको पनि सिमा हुन्छ,’उनले भनेका थिए ।

 

Post Comment