एनआरएनको मध्यपूर्वीय भेला यूईएमा हुँदै

एनआरएनको मध्यपूर्वीय भेला यूईएमा हुँदै
एनआरएन विशेष

गैरआवासीय नेपाली संघ (एनआरएन) मध्यपूर्वको छैठौँ क्षेत्रीय भेला भदौ ८ र ९ गते युएईमा हुँदैछ । मध्यपूर्वका १२ देशका राष्ट्रिय समन्वय कमिटी (एनसीसी) तथा अन्तरराष्ट्रिय समन्वय समिति (आइसीसी) का प्रतिनिधिहरुको सहभागितामा हुन लागेको भेलाले मध्यपूर्वमा रहेका नेपाली कामदारका विभिन्न समस्यालाई उठान गर्ने आयोजकहरुले बताएका छन् ।

एनआरएनले हरेक दुई वर्षमा विभिन्न क्षेत्रीय समितिहरुको भेला गर्दै आएको छ । यसैक्रममा युरोपको लक्जम्बर्गमा युरोपेली क्षेत्रीय बैठक सकिएलगत्तै युएईले दोस्रो पटक मध्यपूर्वको क्षेत्रीय भेला गर्ने अवसर पाएको छ । यसअघि सन् २०११ मा युएईले भेला आयोजना गरेको थियो । २०१४ मा बहराइनको मनामामा र २०१६ को पाँचौं भेला कतारको दोहामा भएको थियो ।

युरोप, अमेरिकालगायतका क्षेत्रको तुलनामा मध्यपूर्वका एजेण्डा र समस्याहरु फरक छन् । खासगरी ती क्षेत्रमा रहेका नेपालीको दोहोरो नागरिकताको विषय प्रमुख रुपमा उठ्दै आएको थियो । जसलाई एक हदसम्म संविधानले समेटिसकेको छ । मध्यपूर्वमा भने एनसीसी तथा आइसीसी प्रतिनिधिहरु यहाँ कार्यरत नेपाली कामदारका समस्या र एजेण्डालाई वैधानिक तवरले नीति निर्माणका तहसम्म पुर्‍याउन लागिपरेका छन् ।

Post Comment