त्रिशूली नदीमा बस खस्दा १९ जनाको मृत्यु

समाज

चितवन, भदौ १० गते । रौतहटको गौरबाट पोखरा जाँदै गरेको रात्रिबस आज बिहान ४ः४५ मा नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा १९ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार ६ जना घाइतेको उद्धार भइसकेको छ भने ६ जनाको उद्धार हुने क्रम जारी छ ।

मुग्लिनबाट साढे दुई किलोमिटर नारायणगढतर्फ ग १ ख ३७०९ नंको सो बस त्रिशूलीमा खसेको हो ।

Post Comment