पाकिस्तानको एउटा अदालतले भ्रष्टाचारको अभियोगमा दोषी ठहर भइ जेलसजाय काटिरहेका पूर्वप्रधानमन्त्री नवाज शरिफलाई रिहा गर्न आदेश दिएको छ।
शरिफले जेलसजाय काट्न शुरू गरेको दुई महिनापछि अदालतको आदेश आएको हो।
आमनिर्वाचन भएको केही समयपछि अदालतले गत जुलाइमा भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका शरिफ र उनकी छोरी मरियमविरुद्धको फैसलालाई निलम्बन गरेको छ।
पुनरावलोकनका लागि उनीहरूले दिएको निवेदनमाथि सुनुवाइका क्रममा अदालतले पछिल्लो आदेश दिएको हो।
दुवैजनाले गलत काम गरेको भन्ने आरोप अस्वीकार गर्दै आएका छन्।
शरिफकी क्यान्सरपीडित श्रीमती कुलसूम नवाजको उपचारका क्रममा लण्डनमा निधन भएको एक हप्तापछि अदालतको आदेश आएको छ।