‘हिन्दी भाषामै बोल्छु खोक्रो राष्ट्रवादी भाषा नेपाली बोल्दिनँ’: राजेन्द्र महतो

‘हिन्दी भाषामै बोल्छु खोक्रो राष्ट्रवादी भाषा नेपाली बोल्दिनँ’:  राजेन्द्र महतो
राजनीति

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेश र मधेशीको पहिचानका लागि आफूले संसदमा हिन्दी भाषा बोल्ने गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा विरोध हुने थाहा पाउँदापाउँदै पनि हिन्दीमा बोल्ने उनको भनाइ छ ।

‘म राम्रोसँग नेपाली भाषा बोल्न सक्छु, तर संसदमा हिन्दी भाषामै बोल्छु,’ प्रतिनिधि सभामा बिहीवार अधिवेशन समापन मन्तव्य राख्दै नेता महतोले भने, ‘मधेशको भाषा र पहिचानका लागि मात्र बोलेको हो, जबसम्म मान्यता पाउँदैन, बोलिरहन्छु ।’

महतोले नेपाली भाषा सम्पूर्ण नेपालीको भाषा हुन नसक्ने भन्दै हिन्दी, भोजपुरी, मैथली लगायतका भाषा मधेशको सम्पर्क भाषा रहेको बताए ।

‘नेपालीमा नबोलेको भन्दै सामाजिक जञ्जालमा गाली दिएपनि फरक पर्दैन, खोक्रो राष्ट्रवादी भाषा बोल्न जरुरी छैन,’ उनले भने ।

महतोले सामाजिक सञ्जाललाई सामाजिक जञ्जाल भन्दै आलोचना आलोचना गरेका थिए ।

Post Comment