निर्मला पन्त हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि आक्रमण भएको छ ।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाढीमाथि धनगढीमा आक्रमण भएको हो ।
आइतवार काठमाण्डुबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालयमा जाने क्रममा आक्रमण भएको हो ।
एयरपोर्टबाट कार्यालय जान लागेका केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आाक्रमण भएको हो । घटनाका विषयमा प्रहरीले अनुसन्धान थालेको छ । गाडी आक्रमण गर्नेहरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।