एनआरएनए अमेरिकाका संयोजक गौरीराज जोशी सम्मानित

एनआरएनए अमेरिकाका संयोजक गौरीराज जोशी सम्मानित
एनआरएन विशेष

गैर आवासिय नेपाली संघ (एनआएनए) का अमेरिका संयोजक गौरीराज जोशी सम्मानित भएका छन्। धार्मिक र सांस्कृतिक क्षेत्रमा सहयोग गरेको भन्दै जोशीलाई सम्मानित गरिएको हो । जोशीले गायत्री हरिहर मन्दिर निपनी, चितवनलाई ४० लाख सहयोग गरेका थिए।

जोशीको सहयोगमा सो मन्दिरमा विद्यालय भवन निर्माण भएको हो। उनले सो कार्यका लागि ब्यक्तिगत रूपमा नै ४० लाख भन्दा बढी सहयोग गरेको मन्दिर संरक्षण समितिले जनाएको छ। सम्मानित भएकै दिन जोशीले भवनको उद्घाटन समेत गरेका छन्। निर्माण सम्पन्न सो गुरुकुल विद्यालयमा हाल ५० जना बटुकहरुले बासस्थान सहितको बैदिक शिक्षा प्राप्त गरिरहेका छन्।

पौराणिक कालदेखि चलिआएको गूरुकुल परम्परालाई निरन्तरता दिनुको साथै धार्मिकर सांस्कृतिक क्षेत्रको विकासको लागि सहयोग गरेको संयोजक जोशीले बताए। सोही अवसरमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्व अध्यक्ष जीवा लामिछानेले मन्दिर व्यवस्थापन तथा गुरुकुल विद्यालयका लागि १ लाख सहयोग रकम हस्तान्तरण गरेका थिए।

गुरुकुल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेद पुरीको अध्यक्षतामा सम्पन्न सो सम्मान तथा उद्घाटन कार्यक्रममा एन आरएनए केन्द्रीय सहकोषाध्यक्ष सोम सापकोटा, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्वअध्यक्ष जीवा लामिछाने, नेपाल सरकारका पूर्वमन्त्री, नेकपाका केन्द्रीय सदस्य कृष्ण खनाल, चितवन क्षेत्र नं १ का सांसद कन्चन खनाल, पूर्व सांसद शेषनाथ अधिकारी, रत्ननगर नगरपालिकाको मेयर नारायण वन, उपमेयर विमला दुवाडी, नेपाली काङ्गेसका स्थानीय नेता माधव अर्याल, डा ढुण्डी पौडेल, भरतपुर अस्पतालका मेसु डा कृष्ण पौडेल, श्रीराम बैदिक संस्कृत गुरुकुलम जयमंगलाका अध्यक्ष भेषराज दुवाडी लगायतका व्यत्तित्वहरुको सहभागिता रहेको थियो।

Post Comment