सर्लाहीको रामनगर–४ मा नेकपा र कांग्रेस कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् ।
प्रदेश २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरिबहादुर पालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार थप ४ जनालाई पनि गोलीको छर्रा लागेको छ । यद्यपि, उनीहरूको अवस्था सामान्य रहेको पालले बताए ।
सोमबार भएको सामान्य विवादलाई लिएर मंगलबार बिहान झडप भएको थियो ।