विवादमा फसेका प्रदेश ३ का भौतिक योजना तथा निर्माण मन्त्री केशव स्थापित पदमुक्त भएका छन्। आज बिहान मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि स्थापितलाई बरखास्त गरेका हुन्।
प्रदेश ३ को मन्त्रिपरिषद बैठकमा स्थापितको काममाथि मुख्यमन्त्री पौडेलले प्रश्न गरेपछि स्थापितले अश्लिल शब्द प्रयोग गरेका थिए। चर्को विवादले नै अन्तत: काठमाडौं महानगरपालिकाका पूर्व मेयरसमेत रहेका मन्त्री स्थापितले पद गुमाएका हुन्।
संविधानको धारा १६९ (२) ख बमोजिम मुख्यमन्त्री पौडेलले उनलाई पदबाट हटाएका हुन्। धारा १६९ (२) मा मुख्यमन्त्रीले चाहेमा पदमुक्त गर्न सक्ने व्यवस्था छ।