दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्वारा पदबाट राजीनामा

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाद्वारा पदबाट राजीनामा
राजनीति

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आफ्नो पदबाट राजीनामा दिएका छन् । गत भदौ २४ गते प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ती पाएका झाले बुधवार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

अध्यक्ष झाले बुधवार अपराह्न सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा आर्थिक रुपमा ‘स्वच्छ छवी नभएका’ झालाई प्राधिकरणको अध्यक्षमा पुनर्नियुक्ती गरिएको भन्दै आलोचना भएको थियो । नेकपाका ४३ जना केन्द्रीय सदस्यले झालाई बर्खास्त गर्न माग गर्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई ज्ञापन पत्र समेत बुझाएका थिए ।

झाले पत्रकार सम्मेलन गर्दै आफू पद त्याग गर्न तयार रहेको समेत बताएका थिए ।

Post Comment