पवन महरा
दिपायल, पौष १८
केही दिनयता पिपल्ला बजारमा दिउँसो एकपटक मान्छेको भीड लाग्छ । टाढाबाट हेर्नेहरु त्यहाँ कुनै आमसभा, झै–झगडा वा कुनै जादुगरको कार्यक्रम भइरहेको अनुमान लाउन सक्छन् । तर, नजिक पुग्दा सत्य अर्कै हुन्छ । जहाँ ट्राफिक प्रहरीले ट्राफिक नियमको प्रशिक्षण दिइरहेका हुन्छन् । बुधबार पनि पिपल्लामा रहेको प्रहरी बिट नजिकै त्यस्तै भिडका बिचमा टूाफिक प्रहरी देवेन्द्र बहादुर साउँद प्रशिक्षण दिइरहेका थिए । वरपरको जमात हाँस्दै मख्ख परेर हेरिरहेको थियो । ट्राफिक प्रहरी साउँदले हाँस्यास्पद शैलीमा सबैलाई हसाउँदै ट्राफिक नियमका कुराहरु, सवारी चालकले गर्ने गल्तीहरु, यातायात व्यवसायीका कमजोरीहरु र त्यसले निम्त्याउन सक्ने दुर्घटनाका कुराहरु बताउँदै थिए । जहाँ सर्वसाधारण र व्यापारीहरुले प्रशिक्षण लिइरहेका थिए । कार्यक्रममा सहभागीता रह्यो ।
सवारी दुर्घटना न्यूनीकरणका लागि टूाफिक प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जनचेतना अभियान चलाइरहेको टूाफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहन सिंह धामिले बताए । उनले भने,‘सोही कार्यक्रम अनुसार नै सडकमै यस्ता प्रशिक्षणहरु सञ्चालन गर्दा त्यसको प्रभावकारीता बढेको पाएका छौ ।’ उनले आफुहरुले सकडमा प्रशिक्षण कार्यक्रम चलाउँदा चालक, सहचालक, यातायात व्यवसायी तथा आम नागरिकहरुको सहभागिता रहने गरेको बताए ।
यस्तैबजार क्षेत्रमा जथाभावी पार्किङ गरेर राखेका सवारी साधन, लामो समय सडक छेउमा यात्रु खोज्दै बस्ने गाडीहरु, मालबाहक गाडीहरुका कागजात समातेर चालक सहचालकलाई यसरी नै प्रशिक्षण गर्ने र जरीवाना गर्ने गरिएको छ । टूाफिक प्रहरीको यस्तो कार्यक्रमले अहिले यातायात व्यवसायी समितिमा आबद्ध सवारी साधनहरु बसपार्कमा पार्किङ गर्ने गरिएको छ । टूाफिक कार्यालय दिपायलका अनुसार अहिले दैनीक १५÷१६ वटा सवारीसाधनहरु कार्वाहीमा पर्ने गरेकाछन् ।