यहि हो ! दिल्लीको वेश्यालयमा लगेर बालिका बिक्री गर्ने धरानको सन्तोष राई

यहि हो ! दिल्लीको वेश्यालयमा लगेर बालिका बिक्री गर्ने धरानको सन्तोष राई
जनसरोकार

विभिन्न प्रलोभनमा पारि बालिकालाई भारतमा बिक्री गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सोमवार सुनसरी धरान नगरपालिका १७ बस्ने सन्तोष राईलाई नियन्त्रणमा लिएको हो। राईले राम्रो काम लगाइदिन्छु भनी विभिन्न प्रलोभन देखाई नेपाली बालिकालाई झुक्याएर नयाँ दिल्ली स्थित जिबिरोडको वेश्यालयमा बिक्री गर्ने गरेको खुलेको छ।

राईले एक बालिकालाई ६ लाख रुपैयाँसम्म बिक्री गर्ने गरेको खुलेको छ। आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय धरान सुनसरीमा बुझाइएको छ।

Post Comment