मनका धनी हेम थापा दम्पत्तीले गरे रास्कोट अस्पताल बनाउन २ लाख सहयोगको घोषणा

मनका धनी हेम थापा दम्पत्तीले गरे रास्कोट अस्पताल बनाउन २ लाख सहयोगको घोषणा
समाज

युएस नेपाल न्युज, अमेरिका । समाज सेवामा कारोडौ रकम खर्चीसकेका र दु:खी पिडितको भगवानको उपमा पाएका बरिष्ठ समाजसेवी हेम थापा र माया थापाले बिकट जिल्ला कालिकोटमा चर्चीत पत्रकार रबी लामिछानेको नेतृत्वमा बन्दै गरेको “रास्कोट सामुदायिक अस्पताल” निर्माणको लागि दुई लाख नेपाली रुपैँया सहयोग गर्ने घोषणा गरेका छन ।  एक स्ट्याटस हाल्दै शुक्रबार उनले यो घोषणा गरेका हुन ।

 

थापा दम्पत्ती हाल अमेरिकामा बस्छन । प्रेम राई बचाउन उनी एक्लैले ५ लाख साहयोग गरेका थिए भने कुमार राना बचाउन र खड्ग जोगी बचाउन पनि एक्लैले दुई लाख भन्दा बढी दिएका थिए । त्यस्तै म्याग्दीकी पुजा खत्रीलाई पढाउने जिम्मा पनि उनैले लिएका छन । जसको लागी लगभग ४० लाख खर्च लाग्ने अनुमान छ । उनले गरेका सहयोगको लिस्ट निकै लामो छ ।

Post Comment