कवि प्यासीको ‘आशीर्वाद’लाई साताको साहित्य पुरस्कार

कवि प्यासीको ‘आशीर्वाद’लाई साताको साहित्य पुरस्कार
साहित्य

एकवर्षसम्म प्रकाशित रचनाहरुमध्येबाट उत्कृष्ट एक सिर्जनालाई पाठक प्रतिक्रिया तथा निर्णायकहरुको छनोटका आधारमा प्रदान गरिने साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको ‘आशीर्वाद’ कवितालाई प्रदान गरिने भएको छ ।

सुजित सिग्देल, ऋषि आचार्य, महेन्द्र पौडेल, संजीव पाण्डे र निष्प्रभ सजी निर्णायक रहेको समितीले छानेको तीन कृतिहरु बाबु त्रिपाठीको ‘रोल्पाको रंग’ र जीवन खत्रीको ‘आमाको पटुका’ मध्ये प्यासीको कवितालाई उत्कृष्टका रुपमा छानिएको थियो ।

नेपालमा केही महिनापछि औपचारिक कार्यक्रम गरी कवि प्यासीलाई पुरस्कार हस्तान्तरण गरिनेछ ।

यस पुरस्कारको राशि २० हजार रुपैयाँ र तामपत्र रहेको छ ।

साताको साहित्य पुरस्कारबाट साहित्यकारहरु रविन्द्र समीर, रमेश सायन, मुकुन्द प्रयास, नवराज पराजुली, बोनम प्रताप र प्रोल्लास सिन्धुलीय पुरस्कृत भइसकेका छन् ।

Post Comment