देउवाले भनेः ‘गोविन्द केसी जीअब ज्यान नफाल्नस्’

देउवाले भनेः ‘गोविन्द केसी जीअब ज्यान नफाल्नस्’
राजनीति

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा गोविन्द केसीलाई भेटेका छन् । २३ दिनदेखि अनशनरत डाक्टर केसीलाई आज भेटी देउवाले अनशन तोड्न आग्रह गरेका छन् ।

देउवाले भने, ‘सरकारले तपार्इको माग पुरा गरेन भनेर ज्यान नफाल्नस् अब आफ्नो जीवनरक्षा गर्नुस् ।’

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका देउवाले डाक्टर केसीको स्वास्थ्य अवस्थाको जानकारी लिएपछि आफ्नो जीवनरक्षा गर्न आग्रह गरेका हुन् । राष्ट्रिय सभाबाट चिकित्सा शिक्षा विेधेयक पारित भए लगत्तै देउवालगायत काँग्रेस नेताहरु केसीको अनशनस्थल शिक्षण अस्पताल पुगेका थिए ।

Post Comment