“जीवन पर्यन्त शिच्याका लागी पुस्तकालय” भन्ने नारा सहित भदौ १५ गते पुस्तकालय दिवस देश भर नै बिभिन्न कार्यक्रमहरु गरी मनाइयो ।
त्यसै क्रममा पोखरा उद्योग बानिज्य सँगको सभाहलमा जिल्ला पुस्तकालय ब्यबस्थापना समितीको आयोजनामा स्थानिय बिकास अधिकारी एबम जिल्ला पुस्तकालय ब्यबस्थापना समितीको सयोजक दामोदर भण्डारी ज्युको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख आथित्त्य प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले गर्नु भयको थियो भने अन्य अथितीहरुमा पश्मीमान्चल बिकास मन्चका धर्मराज बराल, जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा, पोखरा उपनगर पालिका कार्यकारी अधिक्रित ओमराज पौडेल रहनु भयको थियो ।
पुस्तकालय दिवस मनाउने क्रममा पुस्तकालय सेबी र एउटा पुस्तकालयलाई सम्मान गरियो । पुस्तकालयलाई अनबरन रुपमा बिभिन्न स्वरुपमा सहयोग गर्नु हुने हाड जोर्नी तथा नसा रोग बिशेषग्य डा भरत बहादुर खत्री लाई पुस्तकालय कर्मीको रुपमा दोसल्ला र प्रमाण पत्र सहित सम्मान गरियो भने कपिलबस्तु जिल्लाको सदरमुकाम तउलीहवा स्थित एतीहासिक पुस्तकालय पशुपती प्रताप पुस्तकालयलाई उत्कृष्ट पुस्तकलयको रुपमा सम्मान गरियो। पशुपती प्रताप पुस्तकालयका अदध्य राजेश कुमार पाण्डेले उक्त सम्मान ग्रहण गर्नु भयो । सम्मानित ब्येक्तित्वोहरु लाइ स्थानीय विकास अधिकारी दामोदर भण्डारीबाट दोसल्ला प्रदान जिल्ला शिछ्या अधिकारी रमाकान्त शर्मा बाट फुलमाला र प्रमुख अतिथि प्रजिअ हरि प्रसाद मैनालीबाट सम्मानप्रत्र प्रदान गरियो ।
पुस्तकालय दिवस मनाउने क्रममा माध्यामिक स्तरिय कबिता प्रतियोगिता भाद्र १३ गते पोखरा सार्वजनिक पुस्तकालयमा सम्पन्न भएको थियो / कविता प्रतियोगिताका निर्णायकहरुमा सह-प्राध्यापक प्रा डा लक्ष्मीशरण अधिकारी र उपप्राध्यापक प्रा डा आनन्दमणि रिजाल रहनु भयको थियो र आज एसै समारोहका बिच कबिता प्रतियोगिताको बिजयी कबीहरु लाई नगर र प्रमाण पत्र बितरण गरियो । कबिता प्रतियोगितामा पहिलो हुने मदरल्याण्ड माध्यामिक बिद्यालय, पोखराकी प्रक्रिती सुबेदीलाई रु ५००० र प्रमाण पत्र प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली ज्यु को हात बाट प्रदान गरियो। एसै गरी दोश्रो हुने सैनिक आवासिय माद्यामिक बिद्यालय, पोखराका अबिरल भट्टराईलाई रु ३००० र प्रमाणपत्र र त्रितिय हुने दुई जना मध्य बाराही माद्यामिक बिद्यालय, पोखराकी सम्झना राइ र गन्डकी आवासिय माद्यामिक बिद्यालयका उत्तम मिश्रलाई जनही दुई दुई हजार नगद सहित प्रमाणपत्र प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनाली ज्युको हातबाट बितरण गरियो ।
उक्त क्रयक्रममा सम्मान उपसमिती यबम पोखरा सार्बजनिक पुस्तकालयका अदध्य प्रा डा बिश्वो श्रेष्ठ, नेपाल प्रेस युनियनका कास्कीका अदध्य शिरोमनी बराल, शिछ्याविद जर्ज जोन, गैरसरकारी सस्थाका अदध्य गोपाल खड्का, जिल्ला पुस्तकाल ब्यब्स्थापन समितिका पदाधीकारी तथा सदस्यहरु र बिभिन्न पुस्तकालयहरुमा कार्यरत पुस्तकालयकर्मी, पत्रकार एवम विभिन्न संघ सस्थाहरु बाट पाल्नु भयका प्रतिनिधी र समाजसेबीहरुको बाक्लो उपस्थिति रहेको थियो / उक्त कार्यक्रम जिल्ला पुस्तकालय ब्येबस्थापन समितिका सदस्य सुर्य छेत्रीले चलाउनु भयको थियो भने पुस्ताकाध्येछ अर्जुन श्रेष्ठ द्वारा पुस्तकालय दिवस बारे प्रकाश पार्नु भयको थियो/ सम्मानित ब्येतित्व हाड जोर्नी तथा नसा रोग बिशेषग्य डा भरत बहादुर खत्री, पशुपती प्रताप पुस्तकालयका अदध्य राजेश कुमार पाण्डेले आफनो भनाइहरु राख्नु भयो /मन्तव्यको क्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीले आफ्ना मातहकका सरकारी कार्यालयहरुमा एक एक वटा पुस्तकालयको स्थापना गर्ने र सरकारी कार्यलयमा खोलिने पुस्तकालयहरु बाट राम्रो संग ब्येबस्थित पुस्तकालयलाइ अर्को पुस्तकालय दिवसको अबसरमा सम्मानित गर्ने कुरा व्यक्त गर्नु भयो ।
त्यसै गरि अथितिहरु तथा, पश्मीमान्चल बिकास मन्चका धर्मराज बराल, पोखरा उपनगर पालिका कार्यकारी अधिक्रित ओमराज पौडेल, जिल्ला शिछया अधिकारि रमाकान्त शर्मा द्वारा पुस्तकालय बारे आफ्नो मन्तब्य सहित कविता प्रतियोतिताका बिजयिहरु र सम्मानित ब्येतित्वहरु लाइ बधाई तथा शुभकामना ब्यक्त गर्नु भयो र अन्त्यमा स्थानिय बिकास अधिकारी एबम जिल्ला पुस्तकालय ब्यबस्थापना समितीको सयोजक दामोदर भण्डारी ज्युले धन्याबाद सहित कविता प्रतियोतिताका बिजयिहरु र सम्मानित ब्येतित्वहरुलाइ बधाई दिदै कार्यक्रमको बिट मार्नु भयको थियो ।