श्रीमानले अस्पतालमै श्रीमतिको घाँटी थिचेर हत्या गरेको आरोप

श्रीमानले अस्पतालमै श्रीमतिको घाँटी थिचेर हत्या गरेको आरोप
समाज

४३ वर्षीय सुशीला कार्कीको हत्याका आरोपित पोखरा महानगरपालिका वडा नं १४ चाउथे बस्ने पति ४६ वर्षीय राम बहादुर कार्कीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

पुष १२ गते कुटपिट गरेपछि घाइते सुशिलालाई गण्डकी मेडिकल कलेजमा उपचारका लागी लगिएको थियो । अस्पतालले प्यारलाइसिस भएको भन्दै थेपारी गर्न सल्लाह दिएको छ । सोही अनुरुप पोखरा महानगरपालिका वडा नं ९ न्यूरोड स्थित स्पर्श आयुर्वेदमा थेपारी पश्चात पुनः उनलाई गण्डकी मेडिकल कलेज लगिएको थियो । अस्पतालमा उपचारका क्रममा माघ २४ गते सुशिलाको मृत्यु भयो ।

घटना पश्चात मृतकका आफन्तले श्रीमान कै कारण मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यलय कास्कीमा माघ २४ गते उजुरी दिएका थिए । उजुरी पश्चात सोही दिन आरोपितलाई प्रहरीले गरिफ्तार गरेको थियो । जिल्ला प्रहरी कार्यलय कास्कीले माघ २७ गते आइतबार कतव्र्य ज्यानमा म्याद थप गरि अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

‘हत्या नै हो वा होइन त अनुसन्धान बाट खुल्नेछ अस्पतालले मृत घोषण गरे पश्चात आफन्तले कर्तव्य ज्यानको उजुरी दिनुभएको छ , हामिले आरोपिलाई गिरफ्तार गरि कर्तव्य ज्यान मुद्धामा म्याद थप गरि अनुसन्धान अगाडी बढाएका छौं’,डिएसपी गुरुङले भने ।
मृतकको पोष्ट मार्टम पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

Post Comment