विद्यार्थीहरुबाट ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका सीईओ र परीक्षा नियन्त्रक पक्राउ परेका छन् ।
कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।
त्यसअघि जिप्रकाले कलेजका सञ्चालक खुमा अर्यालसहित १० जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सरकारले तोकेको शुल्कसीमा विपरित मनपरी रकम असुलेको भन्दै जिप्रकामा उजुरी परेको थियो । विद्यार्थीको उजुरीका आधारमा सञ्चालक अर्यालसहितका अधिकारीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।