‘विप्लव’विरुद्ध कठोरतापूर्वक लाग्ने गृहमन्त्री थापाको चेतावनी

‘विप्लव’विरुद्ध कठोरतापूर्वक लाग्ने गृहमन्त्री थापाको चेतावनी
राजनीति

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले राज्यका विरुद्ध लाग्ने जो कोही अपराधी भएपनि कठोरतापूर्वक लाग्ने बताएका छन् । शनिबार सुरक्षा गोष्ठीमा भाग लिन वीरेन्द्रनगर आइपुगेका गृहमन्त्री बादलले राज्यले सबैलाई वार्तामा आउन र शान्तिपूर्ण रुपमा निकास निकाल्न अपिल गरिरहेको बताए ।

‘हामीले विभिन्न समूहहरूलाई राज्यको मुलधारमा आउन र लोकतान्त्रिक विधिबाट समास्याको समाधान खोज्न वार्तामा आउन अनुरोध गरिरहेका छौं ।’ गृहन्मन्त्री बादलले भने, ‘वार्तामा नआउने आपराधिक समूहप्रति राज्य कठोरतापूर्वक उभिनेछ । देशमा शान्ति, अमन चयन कायम गराउने राज्यकोे पहिलो कर्तव्य हो ।’ गृहमन्त्री बादलले विप्लव समुहले केहि स्थानमा हिंसात्मक गतिविधि गरेतापनि राज्यले सहजै नियन्त्रणमा लिने बताए ।

उनले भने, ‘हाम्रा लागि विप्लव समूह मुख्य चुनौती होइन ।’ उनले भने, ‘हामी हिंसात्मक गतिविधि गर्नेलाई नियन्त्रण गर्न सक्छौं । बाहिर हल्ला गरिए जस्तो विप्लव समूह चुनौतीका रुपमा आएको छैन ।’ उनले विप्लव समुह आफैं निस्तेज भएर जाने दाबी गरे । गृहमन्त्री बादलले सरकारले एक वर्षमा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ गरेको, विस्तार गरेको, संघीयता कार्यान्वयनका लागि कानूनहरू बनाइरहेको, संरचनाहरू निर्माण गरिरहेको, सुशासन, शान्तिलाई स्थायीत्व गर्न थालेको र विकास र समृद्धीका आधारहरू तयार गरेको फेहरिस्त सुनाए । सरकारले केहि समय पश्चात अन्र्तराष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरिरहेको बताए ।

Post Comment