सिके राउतद्धारा राजनितिक पार्टीको घोषणा, राखे ‘जनमत पार्टी’

सिके राउतद्धारा राजनितिक पार्टीको घोषणा, राखे ‘जनमत पार्टी’
राजनीति

 सरकारसँग ११ बुदे सहमती गरेर मुलधारको राजनीतिमा आएका सिके राउतले दलको नाम परिवर्तन गरेका छन् ।

सिरहाको लहानमा २ दिनसम्म बसेको केन्द्रिय परिषद बैठकले पार्टीको नाम परिवर्तनको निर्णय गरेको हो । यस अघि ‘स्वतन्त्र मधेश गठबन्धन’ रहेकोमा अबदेखि सो दलको नाम ‘जनमत पार्टी नेपाल’ रहनेछ ।

यस्तै बैठकले सिके राउतको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रिय समितिको चयन गरेकाे छ । केन्दिय समितीले ‘जनमत पार्टी नेपाल’ निर्वाचन आयोगमा छिट्टै दर्ता गर्ने समेत निर्णय गरेको छ ।

Post Comment