२४ चैत्र, पोखरा । लायन्स क्लव अफ पोखरा फेवा फुलबारीको मिति २०७५ चैत्र २३ गते शनिबारको दिन भएको आगामी लायन बर्ष २०१९/२० को लागि लायन युवराज बोहोराको नेतृत्वमा सर्बसम्मत नया कार्यसमिति चयन भएको जानकारी निर्वाचन संयोजक लायन निबर्तमान अध्यक्ष गोविन्द गौतमले जानकारी दिए । क्लबको प्रथम उपाध्यक्षमा लायन छविलाल पौडेल, दित्तिय उपाध्यक्षमा लायन कुन्दनराज शर्मा, त्रितिय उपाध्यक्षमा लायन संगीता पौडेल, सचिवमा लायन गुरु प्रसाद पौडेल र कोषाध्यक्षमा लायन टिकाराम कार्की चयन भएका छन । क्लवका लायन बर्ष २०१८/१९ का अध्यक्ष लायन सन्जय बस्नेतको अध्यक्षता भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष शंकर बाहादुर जि र मातृ क्लव लायन्स क्लव अफ पोखरा लेक सिटीका अध्यक्ष, बालकृष्ण निउरे, गूणनिधि पाण्डे एवं सचिव लक्षमण तिमिल्सीनाले मन्तब्य राख्नुको साथै क्लवले गरेको राम्रा कामहरुको चर्चा गर्नु भएको थिए । उक्त कार्यक्रम क्लबका सचिब लायन गणेश कार्कीले सन्चालन गरेका थिय ।