सरकारविरुद्ध आन्दोलन गर्ने देउवा र वैद्यको घोषणा

सरकारविरुद्ध आन्दोलन गर्ने देउवा र वैद्यको घोषणा
राजनीति

सरकारविरुद्ध ११ राजनीतिक दल एकजुट देखिएका छन् ।

सरकार अराजक भएको भन्दै शुक्रवार दिउँसो राष्ट्रिय सभागृहमा एउटै मञ्चमा कहिल्यै सँगै नदेखिएका नेता समेत एकैठाउँ देखिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन लगायत ११ अन्य विद्यार्थी संगठनले आयोजना गरेको ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक गोष्ठी’मा अतिथिका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’देखि लिएर पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापा ‘सागर’सम्म उपस्थित देखिए ।

गोष्ठीमा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्र पुनर्गठन गर्ने अभियानमा लागेका गोपाल किराँती, तत्कालीन वाईसीएलका उपत्यका पूर्व इन्चार्ज सागर, नेकपाका नेता ऋषि कट्टेल लगायतका नेता मञ्चमा थिए ।

मञ्चमा देखिएकामध्ये नेपाली कांग्रेस संसदमा प्रमुख प्रतिपक्षी दल हो भने राष्ट्रिय जनता पार्टी हालै मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टी हो । त्यसबाहेक नयाँ शक्ति नेपालको संसदमा जम्मा एक जना प्रतिनिधि छन् । अन्य पार्टीको संसदमा कुनै प्रतिनिधित्व छैन ।

नेपाली काँग्रेसका सभापति देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा र विद्यार्थीहरुलाई आह्वान गरे । सभापति देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारे ।

नेसंवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारी समेत एकलौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे ।सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्था गरिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

पाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाए ।  महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे ।

उनले भने, ‘वर्तमान सरकार कम्युनिष्टको सरकार होइन् । साथै केपी ओली कम्युनिष्ट हुनै सक्दैन । उहाँको उखान र टुक्काका हिसावले भन्ने हो भने जुन गोरुको सिंङ छैन । उसको नाम तिखे । भने जस्तै हो । सरकार चलाई रहेकाहरु कम्युनिष्ट पनि होइन ।

Post Comment