देशभर फोरजी विस्तार गरिने

देशभर फोरजी विस्तार गरिने
सुचना-प्रबिधी

नेपाल टेलिकमले जतिसक्दो चाँडो फोरजी सेवालाई देशव्यापीरुपमा विस्तार गर्ने भएको छ ।

देशभर सातै प्रदेशमा सेवा फोरजी सेवा विस्तारका लागि तीन वटा सम्झौता सम्पन्न भएको प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिनुभयो । प्रबन्ध निर्देशक अधिकारीका अनुसार कम्पनीले फोरजी÷एलटीइ आयोजना, मध्यपहाडी लोकमार्ग अप्टिकल फाइबर आयोजना, एफटिटीएच सेवा विस्तार र गुणस्तर सुधार गर्ने टेलिकमको योजना छ ।

कम्पनीले नेपालमै पहिलोपटक २०७३ पुस १७ ९२०१७ जनवरी १० मा काठमाडौँ उपत्यका र पोखराबाट फोरजी सेवा शुरु गरेको थियो ।

“आफ्नो व्यवसाय मात्र सञ्चालन नगरी सेवालाई समेत प्राथमिकता दिनुपर्ने दायित्व भएकाले बसोबास रहेका सबै स्थानमा सेवा उपलब्ध गराइरहेको छ, आगामी दिनमा समेत देशका जनताको शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा परिवर्तन ल्याउन कम्पनीले भूमिका खेल्ने छ”, उहाँले भन्नुभयो ।

टेलिकमले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४०० वटा थ्रीजी बिटिएसको स्तरोन्नति गरेको छ । त्यसैगरी सो अवधिमा ४०७ वटा बिटिएस थप गरेको छ ।

टेलिकमले एक करोड लाइन मोबाइल आयोजनाअन्तर्गत ग्राहकको माग एवं प्राविधिक अध्ययनअनुसार आवश्यक देखिएका स्थानमा मोबाइल टावर थप गर्ने कार्य जारी राखेको छ ।

Post Comment