एकाबिहानै काठमाण्डौमा ५.२ म्याग्निच्युडको भूकम्प

एकाबिहानै काठमाण्डौमा ५.२ म्याग्निच्युडको भूकम्प
समाज

काठमाण्डौ उपत्यकामा एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ ।

नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बिहान ६ बजेर २८ मिनेटमा काठमाण्डौ भूकम्पले मज्जैसँग हल्लियो । भूकम्प आएपछि मानिसहरु चिच्याउँदै घर बाहिर निस्केका थिए ।

यसअघि आइरहेने वैशाख १२ को भूकम्पको पराकम्पभन्दा यो ठूलो हो ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यकासहित आसपासका जिल्लाहरु धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक लगायत जिल्लामा समेत महसुस गरिएको थियो

Post Comment