विप्लवका मध्यकमाण्ड इञ्चार्ज वलीसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा

विप्लवका मध्यकमाण्ड इञ्चार्ज वलीसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा
राजनीति

जिल्ला अदालत, ललितपुरले विप्लव नेतृत्वको नेकपाका तत्कालीन मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’सहित ६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

ललितपुरको नख्खुमा रहेको एनसेल मुख्यालय अगाडि एक जनाको ज्यान जाने गरी भएको विस्फोटमा संलग्न रहेको आरोपमा हेमन्तसहित शिव धिमाल, दयाङ भन्ने दिकेन्द्र राई, रामकृष्ण खतिवडा, ईश्वर दमाई र जुम्ली भनिने विरबहादुर कठायतलाई थुनामा राख्न अदालतले आदेश दिएको हो ।

वलीलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै गएको चैत १३ गते छोरी बिपना वलीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट चैत २७ गते सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको संयुक्त इजलासले खारेज गरेको थियो ।

गएको चैत ९ गते नेपाल प्रहरीको विशेष टोलीले काभ्रेबाट उनलाई पक्राउ गरेको थियो ।

Post Comment