एकता लगत्तै बाबुरामको फुर्ति : जुनसुकै बेला सरकार छोड्न सक्छौं

एकता लगत्तै बाबुरामको फुर्ति : जुनसुकै बेला सरकार छोड्न सक्छौं
राजनीति

नवगठीत समाजवादी पार्टी, नेपालको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन नभए आफ्नो दलले सरकार छोड्ने बताएका छन् ।

पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एक उपप्रधानसहित २ मन्त्री र एक राज्यमन्त्री रहेको समाजवादी पार्टीले जुनसुकै बेला सरकार छोड्ने बताए।

‘हामीले सरकार, संसद र सडकलाई आन्दोलनको मोर्चा बनाएका छौं तर सरकार प्राथमिकतामा छैन,’ भट्टराईले भने, ‘संविधान संशोधन भएन भने जतिबेला पनि सरकार छोडेर आन्दोलनको आँधीबेहरी ल्याउन सक्छौं।’

भट्टराईले प्रदेश नम्बर दुईमा रहेको आफ्नो पार्टीको सरकारलाई ढाल्ने प्रयास भए पनि त्यो सफल नहुने बताए। भट्टराईले आफूहरूले च्याँखे थाप्नका लागि नभई परिवर्तन गर्न पार्टी बनाएको तर्क गरे ।

Post Comment