उखान टुक्का अनि खोक्रा भाषणले देश बन्दैन प्रधानमन्त्री ज्यु !

उखान टुक्का अनि खोक्रा भाषणले देश बन्दैन प्रधानमन्त्री ज्यु !
विचार

लेखक: करण साउँद
नेपाली राजनीतिको धेरै ठुलो उतार चढाव अनि विभिन्न आन्दोलन युद्ध जस्ता विभिन्न कुराहरु केही बर्ष अगाडि नेपाल शान्ति स्थितिमा परिवर्तन भएको थियो। दस बर्षे माओवादी जनयुद्ध ले नेपाल लाई बिकास समृद्धि लगायतका अन्य धेरै कुराहरु बाट धेरै पछाडि धकेलिदियो ।यदि दस बर्ष सम्म त्यो जनयुद्ध हुदैन थियो भने बिकासले कोल्टे नमार्ने थियो होला भन्न सकिन्न ।तर अर्को कुरो पनि छ यदि नेपालमा त्यो जनयुद्ध नभएको भए धेरै लामो समय देखि जरा गाडेको राजतन्त्र पनि ढल्ने थिएन होला।

गणतन्त्र अनि लोकतान्त्र पनि बहाली हुन गाह्रो नै हुन्थ्यो होला।दस बर्षे जनयुद्धको ठुलो संघर्ष अनि २०६२/६३ सालको नेपाली राजनीति दलहरुको ठुलो प्रयास बाट नै २०४ बर्ष पुरानो राजतन्त्र बिदाई भयो र लोकतान्त्र र गणतन्त्र पनि आयो।जनताले लामो सास पनि फेरे अब त हामीले आफ्नो हक अधिकार लगायत राज्य बाट पाउनु पर्ने सेवा सुबिधा सबै पाउछौ भनेर तर बिडम्बना जनका समस्या ज्युका त्यु नामको मात्र गणतन्त्र अनि लोकतन्त्र । २०७२ सालमा जनता बाट निर्वाचित संबिधान सभाका नेताहरु बाट निर्माण कार्य पनि सम्पन्न भैसकेपछी संविधान घोषणा भए लगत्तै कतै खुशियाली देखियो त कतै संविधान खारेजिका नारा जुलुस घन्किए।संविधान अध्यन गर्ने हो भने बिश्व कै उत्कृष्ट मानिएको छ तर जनतामा लागू भएको अनुभुति छैन।मधेस बादी नेताहरुले यो संविधान मधेस बिपरित भएको छ भन्दै आन्दोलन नै गरे त्यति मात्र होईन आन्दोलनमा घाईते हुनेलाई पचास लाख सम्मको क्षेतिपुर्ती दिने सम्म बयान दिए आखिर त्यो सबै सरासर गलत थियो।मान्छेको मुल्य तोक्नु कत्तिको उचित हो जनताले बुझ्नै पर्छ।त्यती मात्र होईन त्यही मुद्दा लिएर छिमेकी राष्ट्र भारतले ३ महिना सम्म नाकाबंदी लगायो ।सोही समयमा तत्कालीन प्रम केपि शर्मा ओलि नै हुनुहुन्थ्यो ।नाका बंदी खुलाउन नेपाल भारत सामु कुनै पनि तवरले नझुक्ने प्रण खाएका केपि ओलि नेपाली जनताको दब दबाब बाट झुक्न पनि झुकेनन बरु छिमेकी मित्र राष्ट्र चीन संग विभिन्न सम्झौता गर्न सफल भए ।त्यही नाका बंदि बाट नै नेपाली जनताका लोकप्रिय बनेका केपि ओलि आज भोलि आलोचना र वाद विवाद मै अल्झिनु भएको देखिन्छ।

२०७३ सालमा भएको सबै तहका निर्वाचन बाट केपि ओलि नेतृत्वको नेकपा एमाले प्रथम स्थानमा बिजयी हासिल गर्न सफल भएको थियो ।माके नेकपा एमाले गरेर दुई तिहाईको सरकार नै बन्न पुग्यो ।तर ओलि प्रम भएको दुई बर्ष मै आलोचना अनि धेरै वाद विवाद र बिरोध का नारा घन्किन थाले ।यो देश अनि जनताले प्रम ओलि बाट धेरै आशा अनि भरोसा नबोकेका होईनन् तर आज आएर सबै निराशामा परिवर्तन हुन थालिसकेका छन् ।ओलिका उखान टुक्का अनि चुनावको समयमा दिईएका ती झुठा भाषणले जनता लाई दिनहुँ निराशा बोकाईरहेको छ।तर प्रम आज भोलि पनि अझै तिनै उखान टुक्का मै भाषण दिनु हुन्छ ।कहिले बोल्दा अरिंङाल भन्ने कहिले बोल्दा पानीमुनिका कुवाका भ्यागुत्ता भन्ने त कहिले निम्छरो भन्ने शब्दले अझै झन बिबादित बनाएका छन् ।

ओलि ज्यु तपाईंको दुई बर्षे कार्यकालमा बिकास अनि समृद्धि भन्दा हत्या हिंसा बलात्कार लुटपाट चोरी डकैती लगायत अन्य थुप्रै काण्डहरु भएका छन् ।अनि तपाईंको सुखी नेपाली समृद्ध नेपाल बनाउने सपना यहि हो।कानुन लाई किन बलियो र दरिलो बनाउन सक्नु भएन प्रधानमन्त्री ज्यु ! सुन काण्डमा बफादार बनेको सरकार साना माछा ठुला माछा भन्दै काले गोरे समातिए तर अन्तिममा यो काण्ड पनि सेलाएरै गयो ।निर्मला हत्या बलात्कार काण्डको दोषीलाई पानीमुनी लुकेपनी कारबाही गर्छौ भन्नू भएको थियो किन आज सम्म हत्यारा पत्ता लागेन आखिर के नै गर्न सक्नु भयो र ! एनसेल काण्ड पनि हराउने नै भयो ।

मेलम्ची खानेपानी काण्ड सिन्डिकेट काण्ड बाईडबडी जहाज काण्ड लगायत अन्य दर्जनौं काण्डहरु त्यतिकै हराउने भए अनि कसरी समृद्धि आउँछ ।जाबो एउटा कलाकारले सत्य तथ्यको गित बनाउदा गित नै बन्देज गरियो भ्रष्टाचार विरुद्ध अभियान चलाईरहेका प्रेम सन्जेल माथी उल्टै भए नभएका आरोप लगाएर भ्रष्टाचारि बनाईयो अनि कसरी लोकतान्त्रिक नेपाल भयो प्रम ज्यु!जो भ्रष्टाचारि दोषी छन् आरोपि छन् उनिहरुलाई लुकाउने अनि जो सहि छन् देशको लागि केही गरौ भन्ने छन् उनिहरुलाई पक्राउ गर्ने आरोप लगाउने यो चलन हो।त्यति मात्र होईन राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जोडेर सामाजिक संजाल फेसबुकमा बदनाम गरेको भन्दै स्कुल प्रअ लाई हिरासतमै कोच्नु भयो ग्रेटर नेपालको मुद्दा उठाई रहेका फणीन्द्र नेपाल पटक पटकको पक्राउ पछि जेल नै हाल्नु भयो अनि कसरी सुखी नेपालि र समृद्ध नेपाल हुन्छ प्रम ज्यु! सरकारी जमिन आफ्नो नाममा गर्ने बिश्नु पौडेल लाई किन कारबाही भएन ? एनसेल कम्पनी लाई किन कारबाही भएन निर्मला हत्या बलात्कारको दोषी लाई किन सजाय दिईएन ?

प्रधानमन्त्री ज्यु तपाईं भाषण गर्दा आज भोलि पनि भन्नुहुन्छ म आफू पनि भ्रष्टाचार गर्दैन अरुलाई पनि गर्न दिन्न भनेर तर तपाईंकै पार्टीका नेता भ्रष्टाचारि छन् ।तपाईं भन्नू हुन्छ कतार लाई पानी बेच्छौ भनेर तर नेपालको दुर्गममा जानुहोस पानीको लागि एक घण्टाको कतार लगाईएको देख्नु हुने छ।प्रम ज्यु अब जनताले बुझिसकेका छन् तपाईंको उखान र टुक्काले देश बन्दैन तसर्थ आज तपाईंको आलोचना र बिरोध बढिरहेको छ।अझै समय छ सुखी नेपाली र समृद्ध नेपाल बनाउने भए ईतिहास रच्नुहोस तपाईंको जय जयकार हुने छ होईन भने उखान टुक्का अनि खोक्रा भाषणहरुलाई बाग्मतिमा गएर बगाउदै पशुपतिको दर्शन गर्दै नयाँ रुप धारण गरेर नेपाली राजनीतिमा आउनुहोस ।नेपाली जनतालाई दिईएका ती आश्वासन अनि वाचाहरु पूरा गर्नुहोस देश समृद्ध र सुखी नेपाली आफै बन्नेछन् । धन्यवाद
जय नेपाल ।

Post Comment