‘संसदका कुर्सीबाट चारपटक लडे,ज्यान जोगाइपाउँ भन्नुपर्ने अवस्था आयो’

‘संसदका कुर्सीबाट चारपटक लडे,ज्यान जोगाइपाउँ भन्नुपर्ने अवस्था आयो’
राजनीति

नेकपाका सांसद खगराज अधिकारीलेले संसदका कुर्सीका कारण सांसदहरूको ज्यान धरापमा परेको भन्दै फेर्न संसद सचिवालयको ध्यानाकर्षण गराएका छन् । उनले संसदका कुर्सीबाट धेरैपटक लडेपछि गुहार मागेका हुन् ।


प्रतिनिधिसभाको आइतवारको बैठकको शुरूमा सभामुखसँग समय लिएर अधिकारीले संसद भवनका कुर्सी धराप भएको बताएका हुन् । सांसद अधिकारीले आफू बसिरहेको कुर्सी उचालेर देखाउँदै चारपटकसम्म लडेकोले ज्यान जोगाइ पाउँ भन्दै सभामुखलाई जानकारी गराएका थिए ।

‘चार पटक भयो सभामुख महोदय यहाँबाट लडेको, अहिलेसम्म दुर्घटना भएको छैन, आगामी दिनमा यस्ता कुर्सी नराखियोस् । संसदमा धराप भयो, ज्यान जोगाइपाउँ भन्नुपर्ने अवस्था आयो,’ अधिकारीले भने ।

अधिकारीको मागपछि संसद्मा सभामुखसहित अन्य सांसदमा हाँसो फैलिएको थियो । सभामुख कृष्णबहादुर महराले यसबारे ध्यानाकर्षण भएको बताए ।

Post Comment