अमेरिका-बेलायतबीच ‘अर्थपूर्ण’ ब्यापार सम्झौता हुने

अमेरिका-बेलायतबीच ‘अर्थपूर्ण’ ब्यापार सम्झौता हुने
अन्तर्राष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रधानमन्त्रीसंग अमेरिका–बेलायतबीच ‘अर्थपूर्ण’ ब्यापार सम्झौता हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपतिले मंगलबार बेलायती प्रधानमन्त्री मे, उच्च व्यवसायी र मन्त्रीहरूसँगको संयुक्त भेटका क्रममा भने, ‘मलाई लाग्छ अमेरिका र बेलायतबीच निकै अर्थपूर्ण व्यापार सम्झौता हुनु जरूरी छ, जुन निकै स्वच्छ तथा स्पष्ट सम्झौता हुनेछ ।’ उनले दुई देशबीच सम्झौता भएरै छाड्ने बताए ।

बेलायतमा प्रधानमन्त्रीको ब्रेक्जिट सम्झौतालाई अनुमोदन गराउने पहललाई संसदले अस्वीकार गरेपछि मे पदबाट विदा लिने तयारीमा रहेको उनी निकट सहयोगीले बताउँदै आएका छन् ।

सोही समयमा अमेरिकी राष्ट्रपतिले भने बेलायती प्रधानमन्त्रीले ‘असाधारण कार्य’ गरिरहेको ठट्यौली प्रतिक्रिया दिएका छन् । अमेरिकी राष्ट्रपतिको बेलायत भ्रमण प्रति कतिपय समूहहरूले विरोध जनाइरहेका पनि छन् ।

Post Comment