पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न निर्देशन

पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न निर्देशन
समाज

प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कारवाहीको सिफारिस गरेको छ ।

समितिको आज बसेको बैठकले पप्पु कन्स्ट्रक्सनले काठमाडौंको तीनकुने र मीनभवन जोड्ने गरी बाग्मती नदीमाथि निर्माण गरिरहेको पुल गुणस्तरहीन रहेको निष्कर्षसहित कारबाहीका लागि निर्देशन दिएको हो । समितिले तीनकुनेको पुलमा देखिएको प्राविधिक समस्या तत्काल समाधान गरी निर्माण कार्य अघि बढाउने सुनिश्चतता गर्न पनि आयोजना सम्वद्ध अधिकारीलाई निर्देशन दिएको छ ।

२१ करोड ३३ हजार रुपैयाँको लागतमा तीनकुनेका २ वटा पुलको निर्माण गर्ने ठेक्का पाएको पप्पुले कमसल निर्माण गरेको भन्दै सडक विभागले काम रोक्न पत्र काटेको थियो । सडक विभागको पत्रलाई अटेरी गर्दै पप्पुले पुल निर्माण अघि बढाएपछि उसको भुक्तानीसमेत रोकिएको छ ।

पुल निर्माणमा भएको लापरवाहीबारे सांंसदहरुले कुरा उठाएपछि समितिकी सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले जेठ २ गते पुल निर्माणको स्थलगत अध्ययन गरेको थियो ।

Post Comment