गुठी विधेयकको खारेजीको माग गर्दै विदेशमा रहेको नेपालीहरु पनि सडकमा विरोध प्रदर्शन गर्न थालेका छन् ।
अमेरिकाको न्यूयोर्क स्थित डाईभरसिटी प्लाजामा उनीहरुले गृहमन्त्री, संचार र भूमि सुधार मन्त्रीले माफी मागी राजीनामा दिनुपर्ने माग गरेको छन् ।
नेवाः गुठी न्यूयोर्क र नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गरेको विरोध सभामा सरकारले विधेयक फिर्ता नगरेको अन्तराष्ट्रिय रुपमा नै आन्दोलन चर्काउने चेतावनी समेत दिए ।
वल्र्ड नेवाः अर्गनाईजेसनमका अध्यक्ष सिजन श्रेष्ठले विश्वभरी रहेको नेपालीले विधेयक खारेज गर्न सरकारलाई दबाब दिन आन्दोलन गर्ने बताउन्दै मौलिक गुठी परम्परालाई विश्व सम्पदा सुचीमा राख्ने यूनेस्कोको मुख्यालय, न्यूयोर्कमा छलफल र पहल गर्ने बताए ।
नेवाः गुठीका उपाध्यक्ष विजयमान सिंहले अब विश्व भरका नेपाली असंवैधानिक गुठी विधेयक खारेज गर्ने एक भई संर्घष गर्ने बताए ।