मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने घोषणा

मोदीले प्रचण्डलाई प्रधानमन्त्री बनाउने घोषणा
राजनीति

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले नेपालमा संघीय व्यवस्था असफल र नालायक नै भैसकेको दाबी गरेका छन् ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने घोषणा समेत गरेका छन् । केसीले नेपालमा फेरि ज्ञानेन्द्र शाह राजा बन्नेसमेत दाबी गरेका छन् ।

नेपालको सामाजिक बनावट र नेपाली नेताको चरित्रअनुसार पनि यो व्यवस्था सुहाउँदो नभएको उनको भनाई छ । ज जसले संघीयतालाई बोकेर हिँडेका छन्, उनीहरुको भित्री मनमापनि यो खासै रुचिको विषय नभएको केसीले टिप्प्णी गरे । नेपाली जनताले चाँडै संघीय व्यवस्था खारेजी गर्न लागेको पनि उनले सनसनीपूर्ण दाबी गरे ।

Post Comment