जुन ३०, सिकागो । एनआरएन एनसीसी अमेरिकाको हेल्प-डेस्क समितिले सस्थाको इलिनोइ राज्य च्याप्टरको २०१७-२०१९ हेल्प-डेस्क समितिका पदाधिकारीलाइ औपचारीक प्रमाणपत्र प्रदान गरेको छ ।
हेल्प-डेस्क केन्द्रिय समितिका सदस्य सुमन वस्तीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रममा अतिथिहरु सिकागो नेपाली फ्रेन्डसिप सोसाइटि (सीएनएफएस) का अध्यक्ष टेक राज पौडेल, सिकागो थारु सोसाइटीका अध्यक्ष इन्द्रकान्त चौधरी, सीएनएफएस का सचिब मिन दर्लामीको उपस्थिती थियो ।
अध्यक्ष पौडेलले हेल्प डेस्कलाइ आगामी दिनमा अझ प्रभावकारी बनाउन अपनाउनु पर्ने नीतिका बारेमा सुझाब दिदै सदा झैँ आगामी दिनमा आफ्नो र संस्थाको तर्फबाट समर्थन र सहयोग रहने विचार व्यक्त गरे । कार्यक्रममा सीएनएफएसका पुर्ब उपाध्यक्ष तथा समाजसेवी जितेन्द्र रानाले हेल्प डेस्कका बारेमा आफ्ना जिज्ञासा राख्दै आगामी दिनमा हेल्प डेस्कलाई कसरि अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
अतिथिहरुले हेल्प डेस्कलाइ आ-आफ्नो स्थानबाट सधै सहयोग गर्ने बचन बद्धता व्यक्त गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुबाट हेल्प-डेस्क इलिनोइ च्याप्टरका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रमका हेल्प-डेस्क इलिनोइ च्याप्टरका संयोजक बाबुराम सापकोटाले आफ्नो कार्यकाल एउटा स्थापनाको कार्यकाल भएकोले यो समिति निर्माण गर्न सहयोग गर्नु हुने सबै सामाजिक अगुवाहरु, सामाजिक संस्था र संस्थाका प्रतिनिधिहरु लगायत सम्बन्धित सबैमा आभार व्यक्त गर्दै कार्यक्रममा आएका सुझाब र सल्लाहहरुलाई आफुले मार्ग दर्शनका रुपमा लिएको कुरा व्यक्त गर्दै कार्यक्रममा सहभागी सबै अतिथि र समितिका सदस्यहरुलाई धन्यबाद दिएका थिए ।
सो कार्यक्रममा प्रमाण-पत्र पाउनेहरुमा को-अर्डिनेटर बाबुराम सापकोटा तथा सदस्यहरु बिदुर प्रसाद अधिकारी, टुक राज पाठक, निता कार्की, सुमन श्रेष्ठ, अम्बिर थापा र मधुसागर पौडेल थिए भने समितिका सदस्यहरु बिश्व राइ र सागर पाण्डे राज्य बाहिर हुनु भएकोले उपस्थित हुन नसक्नु भएको कुरा संयोजक सापकोटाले जानकारी गराएका थिए ।
कार्यक्रमको संचालन हेल्पडेस्क इलिनोइ च्याप्टरका सदस्य मधु सागर पौडेलले गरेका थिए । एनआरएन हेल्प-डेस्क इलिनोइ च्याप्टरका संयोजक बाबुराम सापकोटाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम स्थानीय संस्था सिकागो नेपाली फ्रेन्डसिप सोसाइटि (सीएनएफएस) को कार्यालयको सम्पन्न भएको थियो ।