भारतको उत्तर प्रदेशमा भएको एउटा यात्रुवाहक बस दुर्घटनामा कम्तिमा २९ जना मारिएका छन्।
सो दुर्घटना सोमवार बिहान प्रदेश राजधानी लखनउभन्दा ३३६ किलोमिटर टाढा आगरा शहर नजिकै भएको बताइएको छ।
बसमा ५० जना जति यात्रु रहेको र लखनउबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ जाँदै गर्दा सडकबाट पल्टिएको थियो।
भारतमा प्रत्येक चार मिनेटमा एउटा सडक दुर्घटना हुने गरेको छ।
स्थानीय बासिन्दाले २० जना घाइतेको उद्दार गरेको बताइएको छ।
विवरणहरूका अनुसार चालक निदाएपछि दुई तले बसले सडक छोडेको र नालीमा पल्टेको थियो।
नयाँ दिल्लीबाट आगरासम्मको १६५ किमी लामो यमुना द्रुतमार्ग भारतकै सबैभन्दा लामो छ लेनको सडक हो।
अधिकारीहरूका अनुसार सन् २०१२ मा सो द्रुतमार्ग खुले यता त्यहाँ भएका दुर्घटनाहरूमा करिब ९०० मानिसहरूले ज्यान गुमाएका छन्।
भारतमा आवश्यक मर्मत सम्भार नगरिएका वाहन, नराम्रो तरिकाले गाडी हाँक्नु र सडकको अवस्थालाई सडक दुर्घटनाको कारक मान्ने गरिएको छ।