कुलेखानीको बाँध खोलिँदै, सतर्क रहन गृहको आग्रह

कुलेखानीको बाँध खोलिँदै, सतर्क रहन गृहको आग्रह
समाज

अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत आयोजनाको सरोवर भरिएको छ । ईन्द्र सरोवरमा पानी अत्यधिक भएपछि बाँध खोलेर बाहिर निकालिँदै छ ।

गृहमन्त्रालयका अनुसार कुलेखानीको सरोवर भरिएर पानी २५.४ मिटर पुगेको छ ।

केही घण्टापछि बाँध खोलिने भएकाले तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहले अनुरोध गरेको छ । सतर्कताको लागि सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरुलाई पनि सजग रहन र आवश्यक तयारी गर्न भनिएको छ ।

Post Comment