खण्डग्रस चन्द्रगहण राति एक बजेर ४६ मिनेटबाट सुरु हुनेछ । तीन बजेर पन्ध्र मिनेटमा मध्य हुनेछ । यो अवस्था ४ बजेर ४५ मिनेटसम्म कायम रहनेछ । अर्थात कुल अवधी २ घण्टा ५९ मिनेटसम्म चन्द्रग्रहण लाग्नेछ ।
के हुन्छ ?
निद्रयां जायते व्याधि, मुत्रे दारिद्रमाप्नुयात् । पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर । अभ्यन्जने भवेत्कृष्ठि भोजने स्यादधोगति । बन्धने च भवेत सर्प बधे च नरक व्रजेत ।
यो अवस्थामा सुतियो भने रोग व्याधी उत्पन्न हुन्छ । शौच गरियो भने दरिद्रता हुन्छ । यौन सम्पर्क गरियो भने गाउँको सुँगुर बराबर हुन्छ । भोजन गरियो भने अद्योगतिमा लागिन्छ । यी आदि कार्य गरियो भने नरकको बन्धनमा परिन्छ ।
कसलाई राम्रो ?
यसले चार वटा राशीलाई राम्रो छ ।
कर्कट- सुख प्राप्ति
तुला- श्री प्राप्ति
कुम्भ- लाभ
मीन- सुखम्
कसलाई हानी ?
धनु र मकर राशीबीच ग्रहण लाग्ने भएकाले विशेष गरेर धनु र मकर राशीका व्यक्तिले भोजन नगर्ने । सयन नगर्ने । ‘ओम सोम सोमाय नमः ओम नमो भगवते बासुदेवाय’ मन्त्रोच्चरण गर्ने । ग्रहणपछि अर्थात भोलिपल्ट सेतो चिज दान दिनुपर्छ ।