वि.सं. २०७६ श्रावण ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुलाई २३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन तथा कुनै मुहूर्त पनि जुरेको देखिंदैन । श्रावण कृष्णपक्ष (दिल्लागा) षष्ठी तिथि, दिउँसो १२:३० बजेसम्म, त्यसपछि सप्तमी तिथि, उत्तराभाद्रा नक्षत्र, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड योग, बिहान ०६:५३ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा वणिज करण दिउँसो १२:३० बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०१:१३ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२२ बजे, सूर्यास्त : साँझ ०६:५७ बजे, दिनमान : ३३ घडी ५७ पला (१३ घण्टा ३५ मिनेट, रात्रीमान : २६ घडी ०३ पला (१० घण्टा २५ मिनेट)वि.सं. २०७६ श्रावण ०७ गते मङ्गलबार तदनुसार ई. सं. २०१९ जुलाई २३ तारिख, परिधावी नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, आज कुनै विशिष्ट चाडपर्व र उत्सव छैन तथा कुनै मुहूर्त पनि जुरेको देखिंदैन । श्रावण कृष्णपक्ष (दिल्लागा) षष्ठी तिथि, दिउँसो १२:३० बजेसम्म, त्यसपछि सप्तमी तिथि, उत्तराभाद्रा नक्षत्र, दिउँसो १०:४८ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), अतिगण्ड योग, बिहान ०६:५३ बजेसम्म, त्यसपछि सुकर्मा योग, सुरुमा वणिज करण दिउँसो १२:३० बजेसम्म, त्यसपछि विष्टि (भद्रा) करण मध्यरात्रीपछि ०१:१३ बजेसम्म, अन्तिममा बब करण, आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : पश्चिम, वारशूल : उत्तर, नक्षत्रशूल : दक्षिण, काठमाण्डौ, नेपालमा, सूर्योदय : बिहान ०५:२२ बजे, सूर्यास्त : साँझ ०६:५७ बजे, दिनमान : ३३ घडी ५७ पला (१३ घण्टा ३५ मिनेट, रात्रीमान : २६ घडी ०३ पला (१० घण्टा २५ मिनेट)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बाह्रौं भावको चन्द्रमाका कारण अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । परिवारजनबाट टाढिनु पर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ । टाढाको यात्रा गर्ने अवसर त प्राप्त हुनेछ, धनमाल हराउने र झमेला आउने सम्भावना पनि छ ।
शुभरङ्ग : गाढा पहेंलो वा बुट्टे
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : कालभैरव
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ कें केतवे नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : दीर्घकालीन प्रतिफल आउने पक्षको लगानी
के नगर्ने : याचकको अपमान
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
राशिस्वामी अस्त रहेकाले मौकालाई चिन्नु आवश्यक छ, यद्यपि समय उत्साहवद्र्धक नै रहेको देखिन्छ । राज्यस्थानमा बलियो चन्द्रमाको उपस्थिति भएकाले ठूलाबडाको सहयोग प्राप्त हुनेछ । सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । दाम, नाम, इनाम हात पर्ने बेला छ । दिगो फाइदा हुने काम प्राप्त हुनसक्छ । परिवारजनमा आत्मीयता बढ्ने छ ।
शुभरङ्ग : सेतो वा सुन्तले
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/बैजनी
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ नमः शिवाय
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : रचनात्मकता र सिर्जनात्मकतामा जोड दिने
के नगर्ने : अनावश्यक नियन्त्रण र निर्देशन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
कर्मक्षेत्रमा रहेको चन्द्रमाको प्रभावले रोजगारी र बन्दव्यापारको क्षेत्रबाट प्रशस्त फाइदा हुने योग छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी कार्य सम्पादन गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ । कर्मको प्रतिफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । कुनै नतिजाको पर्खाइमा हुनुहुन्छ भने आशावादी बन्ने समय छ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : भोलेशङ्कर
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ शं शनैश्चराय नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : श्रमसाध्य र मिहिनेत गर्नुपर्ने काममा बलप्रयोग नगर्ने
के नगर्ने : उदासीनता/नैराश्यता
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्नै राशिमा नीच मंगल र शुक्र ग्रहको युतिसम्बन्ध देखिन्छ, मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । भाग्यको चन्द्रमा कमजोर छ, व्यस्त दिनचर्यामा सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने समय छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, यद्यपि नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ, तर कुनै किसिमको नेतृत्व वहन नगरेको जाति हुन्छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट चाहिं प्रतिष्ठा मिल्न सक्छ । अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : विष्णु
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ नमो भगवते वासुदेवाय
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : कुलधर्म र परम्पराको अनुसरण
के नगर्ने : बृद्धबृद्धा र असहायको बेवास्ता
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अष्टम भावमा रहेको चन्द्रमा तथा द्वादश भावको राशिस्वामी सूर्यको प्रभावले नकारात्मक ऊर्जा वहन गर्ने समय छ । काम बिग्रने भयले सताउला । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ ।
शुभरङ्ग : ध्वाँसे
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : सङ्कटा देवी
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सङ्कटाभगवत्यै नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : तीव्रगति र हडबड
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सातौं भावमा रहेको चन्द्रमाका कारण मन कल्पना र भावनामा रुमल्लिने दिन छ, यद्यपि हाँके/ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । परिवारजनको साथले उत्साहित भइनेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त हुनेछ । मनपर्ने भौतिक साधन जोड्ने समय छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुनसक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।
शुभरङ्ग : सुन्तले
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : विष्णुलक्ष्मी
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ शुं शुक्राय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरमा आवश्यक वस्तुको किनमेल
के नगर्ने : परिवारको बेवास्ता
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
यात्राको योग छ, यात्राबाट विशेष लाभ होला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । रोग र झमेलाको फलादेश गरिने छैटौं भावमा चन्द्रमा छ, अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन् । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ । अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला । प्रतिस्पर्धीले प्रयास गरेपनि सफल हुने छैनन् ।
शुभरङ्ग : छिर्केमिर्के बुट्टे
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : गणेश
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ बुं बुधाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : खानपानमा नियन्त्रण
के नगर्ने : आवेग, घमण्ड र क्रोध
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज पठनपाठन र ज्ञानका क्षेत्रमा तल्लीनता दिने समय हो, तर राशिस्वामी नीच गृहमा रहेकाले शरीरमा ऊर्जाको कमी हुने समय छ । त्यसैले लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । सेवामूलक कामबाट धनलाभ हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका समस्यामा ध्यान केन्द्रित हुनसक्छ । उपहार वा पुरस्कारको पर्खाइमा हुनुहुन्छ भने निराशा हात पर्नेछ । आफ्नै बाध्यताले सहयोगीहरूले साथ दिन सक्दैनन् । खेलवाडमा रुचि जाग्न सक्छ ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : सूर्यदेव
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ घृणि सूर्याय नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : छोराछोरीको उन्नति/प्रगतिको जानकारी लिने
के नगर्ने : अल्छी र अकर्मण्यता
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चतुर्थ भावमा रहेको चन्द्रमाको प्रभावले अरूको फाइदाका लागि खट्नु पर्ने दिन छ, त्यस्तै व्यक्तिगत उन्नति/प्रगतिका लागि परिस्थिति अलि प्रतिकूल रहने देखिन्छ । आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन् । पारिवारिक भेटघाटको समय छ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिने छ । आत्मीयजनसँग भेटघाट होला । सजावट सम्बन्धी काममा आकर्षित भइनेछ ।
शुभरङ्ग : गाढा रातो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : शिवर्पावती
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ सों सोमाय नम
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : घरपरिवारका कुरालाई वेवास्ता नगर्ने
के नगर्ने : गोपनीयता भङ्ग
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन/दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ । काममा सामान्य चुनौती देखिए पनि प्रतिस्पर्धाबाट लाभ मिल्ने योग छ । इष्टमित्र र सहयोगीहरूको साथ पाइने छ । पराक्रम भावमा बलियो चन्द्रमा रहेकाले आफ्नो आत्मबल र निर्णयमा गरिएका कामबाट फाइदा लिन सकिने छ । छात्रछात्राले परीक्षाप्रतियोगितामा विजय हासिल गर्नेछन् ।
शुभरङ्ग : गाढा हरियो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : बन्धुबान्धव र दाजुभाइका सल्लाह मान्ने
के नगर्ने : साथीभाइको बेवास्ता
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मुखमा क्षुद्रताको निवास छ, विवाद र झैझगडामा पछि हट्नु राम्रो हुने छ । प्रेम र मित्रताका लागि उचित भूमिका निर्वाह गर्न नसक्नाले तीतोपन बढ्ने सम्भावना छ । सद्विचार लिनेहरूका लागि मात्र समय उत्साहजनक रहनेछ । धैर्यताका साथमा प्रयत्न गर्दा मनग्ये फाइदा उठाउन सकिने दिन पनि हो । मनमा आलस्य र अल्छीपनको निवास हुनाले अवसरले पछ्याउँदा पनि तिनलाई उपयोग गर्न सकिंदैन । मनपर्ने भौतिक साधन जोड्न मन लालायित हुनेछ, तर धनको अभाव खट्किने छ । धनको चन्द्रमा कमजोर भएकाले जिद्दीपन र घमण्ड त्याग्नु राम्रो हुन्छ, नत्र हठ गर्ने बानीले दुःख पाइएला । मानसम्मान र प्रतिष्ठामा आघात पुग्नसक्छ, सचेत हुनुपर्छ ।
शुभरङ्ग : सेतो वा उज्यालो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धनप्रदाय कुबेराय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : अल्पकालिक प्रतिफल आउने काममा लगानी
के नगर्ने : बोलीवचनमा कडापन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । शुभचिन्तकहरूले आफ्ना कमी/कमजोरी औंल्याएर सुध्रने मौका प्रदान गर्नेछन् । स्वास्थ्य सबल रहने छ । तर खानपानमा सचेत रहनुहोला । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । हौसला र हिम्मतका साथमा काम गर्ने दिन छ । छात्रछात्राले हरेक क्रियाकलापमा राम्रो नतिजा हात पार्ने समय देखिन्छ ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ५
शुभदिशा : पूर्व
इष्टदेवता : गणेश
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ गं गणपतये नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : मन उत्ताउलो नबनाउने
के नगर्ने : हतारमा निर्णय