एनआरएन आइसिसीको खुल्ला उपाध्यक्षमा रबिना थापाको उम्मेद्वारी घोषणा

एनआरएन आइसिसीको खुल्ला उपाध्यक्षमा रबिना थापाको उम्मेद्वारी घोषणा
एनआरएन विशेष

गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको खुल्ला उपाध्यक्ष पदमा अमेरिका निवासी रबिना थापाले उम्मेद्वारी घोषणा गरेकी छन् ।  थापाले दोस्रो पटक  खुल्ला उपाध्यक्षमा उम्मेदवारीदिने घोषणा गरेकी हुन् । ।

‘एनआरएनएलाई सवैले मेरो आफ्नो संस्था हो भन्ने भावनाको बिकास गर्न जरुरी छ भन्ने मेरो निश्कर्ष हो, त्यही निश्कर्षअनुसार आगामी निर्वाचनमा खुल्ला उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु, सवैको साथ रहने बिश्वास पनि लिएको छु,’ थापाले भनिन्।

एनआरएनएलाई साँच्चीकै बिदेशमा रहेका सवै नेपालीको आफ्नो संस्था हो र यस्ले नेपालको समृद्धिको अभियानमा सघाउँछ भन्ने कुरालाई ब्यवहारमा स्थापित गराउन आफू खुल्ला उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय लिएको थापाले बताइन् ।

चुनावमा सवैले साथ दिने अपेक्षा गरेको छु, यस पटक बिजयी गराउनु हुन्छ भन्नेमा पनि बिश्वस्थ छु, थापाले भनिन् ।

Post Comment