बालिका हाङ्गमा लिम्बू बचाउन सुरक्षा डान्स सेन्टरले गर्यो यति ठूलो सहयोग

बालिका हाङ्गमा लिम्बू बचाउन सुरक्षा डान्स सेन्टरले गर्यो यति ठूलो सहयोग
समाज

युएस नेपाल न्युज, काठ्माण्डौ । काठमाण्डौको काँडाघारी, फोर्सपार्क स्थित सुरक्षा डान्स सेन्टर परीवारले संखुवासभा, सभापोखरीकी हाङमा लिम्बूको उपचारको लागि रु. एक लाख उनन्तीस हजार सड्चालीस रुपैया सहयोग गरेको छ ।

केही बर्ष अगाडीदेखि बोनम्यारो पिडित ६ बर्षीया हाङ्गमा लिम्बूको उपचारमा सहयोग गर्न उक्त रकम सहयोग गरिएको संस्थाले जनाएको छ । डाक्टरको भनाई अनुसार उनको उपचारको लागी ७० देखी ८० लाख रुपैयाँ लाग्नेछ ।

परिवारको आर्थीक अवस्था एकदमै नाजुक साथै हाङ्गमा लिम्बू भने जीवन र मृत्यु को दोसाझमा तर यो कुरा मिडियामा पनि आउन नसक्दा समस्याले बिकराल रुप लिएको थियो ।

यसै क्रममा सुरक्षा डान्स सेन्टरको प्रबन्धक निर्देशक कल्याण घले ज्युले आफ्नै कल्चरका प्रशिक्षक राज तामाङ, यमुना मगर लगायत सम्पुर्ण विद्यार्थी दाजु भाइ दिदी बहिनी साथै स्थानिय महिला समूहरु समेत मिलेर रकम संकलन गरि बुझाएको प्रशिक्षक राज तामाङ्ले बताए ।

पुन्यको काम गर्न सफल भएकोमा सुरक्षा डान्स सेन्टरलाई हार्दिक बधाई।

Post Comment