रवि लामिछानेलाई पाँच दिन हिरातमा राख्ने

रवि लामिछानेलाई पाँच दिन हिरातमा राख्ने
समाज

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पाँच दिन हिरातमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

रविसँगै टिभी पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीलाई पनि पाँच दिन हिरातसमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

अदालतको अनुमतिसँगै चितवन प्रहरीले उनीहरुमाथि आत्महत्या गर्न बाध्य पार्ने ‘दुरुत्साहन’ मुद्दामा विस्तृत अनुसन्धान सुरु गरेको छ ।

मुलुकी अपराधसंहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न बाध्य पार्नेलाई अदालतको अनुमतिमा २५ दिन प्रहरीको हिरातसमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

आत्महत्या गर्न बाध्य पार्नुलाई दुरुत्साहन भनिन्छ । आत्महत्या गर्ने व्यक्तिले छाडेको सुसाइड नोट या भिडियो बयानलाई दुरुत्साहनको प्रमाण मानिन्छ । दुरुत्सहान गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न लागेको उल्लेख गरेका छन् । भिडियो बुधबार सार्वजनिक भएको थियो ।

प्रहरीले बिहीबार लामिछाने, कँडेल र कार्कीलाई विहीबार काठमाडाैँबाट पक्राउ गरि चितवन लगेको थियो ।

Post Comment